कोशी र बागमतीमा ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध (सूचनासहित) « Khabarhub

कोशी र बागमतीमा ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध (सूचनासहित)


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथ मौसम विज्ञान विभागले पछिल्लो तीन घण्टामा सुनसरीको तरहरा र आसपास ठूलो वर्षा भएको जनाएको छ । कोशी प्रदेशका अन्य केही स्थानमा पनि हल्का देखि मध्यम वर्षा भईरहेको छ।

महाशाखाले आज दिउँसो कोशी र बागमती प्रदेशका केही स्थानमा एवं राति कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको अनुमान गरेको छ । यो क्रम शुक्रबारसम्म जारी रहने बताइएको छ ।

महाशाखाले असोज १० गतेदेखिको अति ठूलो वर्षाले धेरै स्थानको जमीन गलेको हुँदा सानो वर्षा थपिँदा समेत ठूलो पहिरो जानसक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउन सक्ने जोखिम यथावत रहेकाले सचेत रहन सबैमा आग्रह गरेको छ ।

महाशाखाले उक्त क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकोले सो क्षेत्र भएर बहने सर्दु, सुनसरी खोला, बुढी खोला, खेसलिया लगायत खोलामा आकस्मिक बाढी आउन सक्ने र होचो भूभाग डुबानमा पर्ने जोखिम रहेकाले सतर्क रहन सम्बन्धित क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

यस्तै, विभागले आज मोरङ, ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा र आसपासका जिल्ला भएर बग्ने केही ससाना नदीको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको अनुमान गरिएको जनाएको छ ।

साथै भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ र आसपास जिल्लाका ससाना नदीमा समेत बहाव बढ्ने पूर्वानुमान रहेको छ ।

 

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ९ : ३८ बजे

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित