कोशी र बागमतीमा ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध (सूचनासहित) « Khabarhub

कोशी र बागमतीमा ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध (सूचनासहित)


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथ मौसम विज्ञान विभागले पछिल्लो तीन घण्टामा सुनसरीको तरहरा र आसपास ठूलो वर्षा भएको जनाएको छ । कोशी प्रदेशका अन्य केही स्थानमा पनि हल्का देखि मध्यम वर्षा भईरहेको छ।

महाशाखाले आज दिउँसो कोशी र बागमती प्रदेशका केही स्थानमा एवं राति कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको अनुमान गरेको छ । यो क्रम शुक्रबारसम्म जारी रहने बताइएको छ ।

महाशाखाले असोज १० गतेदेखिको अति ठूलो वर्षाले धेरै स्थानको जमीन गलेको हुँदा सानो वर्षा थपिँदा समेत ठूलो पहिरो जानसक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउन सक्ने जोखिम यथावत रहेकाले सचेत रहन सबैमा आग्रह गरेको छ ।

महाशाखाले उक्त क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकोले सो क्षेत्र भएर बहने सर्दु, सुनसरी खोला, बुढी खोला, खेसलिया लगायत खोलामा आकस्मिक बाढी आउन सक्ने र होचो भूभाग डुबानमा पर्ने जोखिम रहेकाले सतर्क रहन सम्बन्धित क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

यस्तै, विभागले आज मोरङ, ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा र आसपासका जिल्ला भएर बग्ने केही ससाना नदीको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको अनुमान गरिएको जनाएको छ ।

साथै भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ र आसपास जिल्लाका ससाना नदीमा समेत बहाव बढ्ने पूर्वानुमान रहेको छ ।

 

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ९ : ३८ बजे

‘एमाले केपी ओलीको असक्षमता बोकेर हिँड्न सक्दैन’

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरले पार्टी

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य उकालो लागेको छ । 

रुपन्देही–३ मा कांग्रेसबाट खाणसहित ६ जना सिफारिस

रुपन्देही– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

सर्वोच्चको आदेशपछि प्राधिकरणमा फर्किए हितेन्द्र

काठमाडौं – सर्वोच्च अदालतको आदेशसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल