धनराजको तर्क – पूर्वपत्नीको गल्तीको दोषी मलाई बनाउने हो भने… « Khabarhub

धनराजको तर्क – पूर्वपत्नीको गल्तीको दोषी मलाई बनाउने हो भने…


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली काङ्ग्रेसका सांसद्‌ एवम्‌ पूर्वमन्त्री धनराज गुरुङले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै सहभागिता नरहेको र पूर्वपत्नीले गरेको गल्तीको दोषी आफूलाई बनाउन नमिल्ने तर्क गरेका छन्‌ ।

ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन आरोप खेपिरहेका गुरुङले सामाजिक सञ्‍जाल एक्समा सहकारी ठगी प्रकरणमा आफू निर्दोष रहेको जिकिर गरेका हुन्‌ ।

धनराज दम्पत्तिको साँठगाँठमा सो सहकारीबाट कम्तिमा १४ करोड ८१ लाख रुपैयाँ रकम अपचलन भएको आरोप लागेको छ । सहकारी ठगी गरेपछि धनराज दम्पतीले सम्बन्धविच्छेद गरेको सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले संसदीय छानबिन समितिमा बयान दिएका थिए ।

सहकारी ठगी प्रकरणमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेपछि सो पार्टीका नेता/कार्यकर्ताले मितेरी सहकारी प्रकरणमा मुछिएका धनराज गुरुङमाथि पनि कारबाही गर्नुपर्ने माग राखिरहेका छन्‌ । देशका विभिन्न स्थानमा उनीहरूले धनराजको तस्बिर लिएर प्रदर्शन गरिरहेका छन्‌ ।

यो पनि-

धनराज चलाख रहेछन्, सहकारी ठगेर नाटक गरे

सहकारी ठगी आरोप लागेपछि धनराजको गुनासो, ‘मेरो घरबार पनि कुम्भराजले बिगारे’

रास्वपाले सरकारलाई आफूमाथि कारबाही दबाब दिएपछि धनराजले मङ्गलबार साँझ एक्समा सहकारी ठगीमा आफ्नो कुनै सङ्लग्नता नभएको र निष्पक्ष छानबिनका लागि संसद्‌मा कुरा राखिसकेको पनि जनाएका छन्‌ ।

साथै; पूर्वपत्नी ज्योतिले गरेको गल्तीको दोषी आफूलाई बनाएर नाराबाजी गर्ने हो भने रवि लामिछानेले गरेको गल्तीमा निकिता पौडेललाई पनि हिरासतमा राखी कारबाही गर्न माग राख्न रास्वपालाई चुनौती दिएका छन्‌ ।

धनराजले लेखेका छन्ः

रास्वपाका साथीहरुले केही दिन देखि मेरो तस्बिर देखाएर आन्दोलन गरेको सुनें । सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता नभएको र निश्पक्ष छानबिनको लागि मैले सम्मानित संसदमा कुरा राखिसकेको छु। म सधैं भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्धमा खरो उत्रने सच्चा नेपाली हुँ।

म रास्वपाका साथीहरुलाई सोध्न चाहन्छु – यदि ज्योती गुरुङले गरेको गल्तीको दोषी मलाई बनाएर नाराबाजी गर्ने हो भने रवि लामिछानेले गरेको गल्तीमा निकिता पौडेललाई पनि हिरासतमा राखेर कार्वाही गर्न किन माग नगरेको ?

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ९ : २० बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको