रोशीको बाढीले बगर बन्यो भूमेडाँडाको सुन्दर बस्ती (तस्बिरहरू) « Khabarhub

रोशीको बाढीले बगर बन्यो भूमेडाँडाको सुन्दर बस्ती (तस्बिरहरू)

अवैध दोहनले भएको थियो थिलथिलो


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक- काठमाडौं नजिकका नदीहरूमा सबैभन्दा बढी दोहन गरिएको खोलो हो रोशी । सप्तकोशीको सहायकमध्ये एक यसले काभ्रेका कयौँ बस्ती खण्डहर बनाएर सुनकोशीमा मिसाएको छ।

बालुवा र रोडाखानी सञ्चालकहरूले रोशीको दायाँबायाँ गरेको अकल्पनीय विनाशको परिणाम शनिबारको बाढीबाट यहाँ सर्वसाधारणले ब्यहोर्नु परेको छ।

रोशीले सबैभन्दा विनाश पनौती नगरपालिकाको-१२ स्थित किनारमाको भूमेडाँडामा गरेको छ । शुक्रबार राति र शनिबारको बाढीले अहिले यो बस्ती खण्डहर बनेको छ ।

रोशीको तटीय क्षेत्रमा भएको अवैध उत्खननबाट निस्किएका रोडाढुंगा बाढीमा सोहोरिएर आउँदा ठूलो विनाश निम्तिएको हो । रोशी आसपासका डाँडालाई रोडा-बालुवा उत्खननका क्रममा गरिएको विनाशले पनौती क्षेत्रमा ठूलो क्षति भएको गुनासो स्थानीयको छ ।

भूमेडाँडाका अधिकांश घरहरू अहिले खण्डहर बनेका छन् । पक्की घरहरूलाई रोशीले बगरमै पल्टाइदिएको छ । यहँका हरियाली फाँटयुक्त बस्ती अहिले उराठ लाग्दा बगरमा परिणत भएका छन् ।

रोशीले बगर बनाएको यो बस्तीका बाँकी घर पनि बस्न नमिल्ने भएका छन् । बाढीले रोशी किनार र आसपासमा किसानले लगाएका धानसहितका अन्नबालीमा बालुवा र रोडाले पुरिदिएको छ ।

खोला छेउमा रहेका घर र स्कुल पनि अब बाँकी छैनन् । खोला दोहन गरेर बालुवा गिट्टी ओसार्न प्रयोग गरिएका टिप्परलाई पनि रोशीले बगाएको छ । कयौँ टिप्पर अहिले बगरमा बेवारिसे पल्टिएका छन् ।

यहाँका अधिकांश स्थानीयहरूले ज्यान त जोगाएका छन् तर रोशीले सर्वस्व बगाएर लगेको छ। यहाँका बासिन्दाको एकै चिन्ता छ, ‘अब कसरी उठ्ने ?’

विपद् निम्तिएको ६ दिन बितिसक्दा पनि देशमा रहेका तीनै तहका सरकारका कोही पनि प्रतिनिधि पीडा बुझ्न पुगेका छैनन् ।

गत साताको बिहीबारदेखिको अविरल वर्षाका कारण रोशी खोलामा आएको भिषण बाढीले पूरै गाउँ बगाएर लगेको छ । बडेमानका तीन तले, चार तले घर पनि अहिले बगरमा उत्तानो परेका छन् ।

रोशी खोलाको बाढीले पनौती बजारसम्म असर गरेको छ । पनौती नगरपालिकाका अनुसार हालसम्म नगर क्षेत्रभित्र २० जनाले बाढीबाट ज्यान गुमाएका छन् ।

अहिले त्यहाँ हजारभन्दा धेरै घर बाढी र पहिरोले क्षतिग्रस्त भएका छन् । कति सम्पत्ति क्षति भयो भन्ने आँकडा एकीन गर्न नसकिएको नगरपालिकाले जनाएको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  १२ : ५५ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज २०८३ साल असार २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २७ गते शनिबार सन् २०२६

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी