रात्रिकालीन विमानस्थलबाट दशैंभर बिहान साढे ४ बजेबाटै उडान हुने « Khabarhub

रात्रिकालीन विमानस्थलबाट दशैंभर बिहान साढे ४ बजेबाटै उडान हुने


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाढीपहिरोका कारण सडक यातायात अस्तव्यस्त हुँदा अहिले हवाइ यातायातमा यात्रुको चाप बढेको छ ।

देशभरका विभिन्न जिल्लामा जाने यात्रुको चाप जहाजमा बढेपछि सरकारले रात्रिकालीन उडान बढाउन लागेको छ । त्यसका लागि रात्रिकालीन उडान हुने सबै विमानस्थल बिहान साढे ४ बजेदेखि नै सञ्चालनमा ल्याइने भएको छ ।

आगामी असोज ३० गतेसम्म बाढीपहिरो तथा चाडपर्वमा घर जाने यात्रुको चापलाई धान्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहान साढे ४ बजेदेखि उडान भर्न पाउने व्यवस्था मिलाएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले बाढीपहिरो तथा चाडपर्वका कारण सिर्जित बढ्दो हवाइ चापलाई सम्बोधन गर्न यस्तो कदम चालिएको बताए ।

‘घटस्थापनादेखि दशैंको पूर्णिमासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध र पोखरा अन्तराष्ट्रिय विमानस्थल लगायत रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थल बिहान ४:३० बजेदेखि राति अपरेशन समय (आवश्यकता अनुसार थप हुने) सम्म सञ्चालनमा आउने व्यवस्था मिलाइएको छ’, उनले भने ।

देशभरका मुख्य राजमार्गसहित सडक पूर्वाधार क्षतविक्षत भएपछि दैनिक ५ सयभन्दा बढी आन्तरिक उडान भइरहेको छ ।

दसैँमा काठमाडौं छाड्ने ठूलो संख्याका यात्रुको चाप धान्ने गरी सबेरै बिहानदेखि विमानस्थलबाट उडान अनुमति दिइएको हो। मन्त्री पाण्डेले यस कदमलाई टिकटमा सहजता र भाडामा न्यूनताको वातावरण बनाउन चालिएको रुपमा ब्याख्या गरेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ३ : १८ बजे

बालेन र्‍यापर हुँदै मुलुकको कार्यकारी प्रमुखसम्म

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ शुक्रबार नेपालको ४३ औँ प्रधानमन्त्रीमा नियुक्त

यसपटक तोसिमाले अवसर नपाउने, निशाले सम्हाल्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- बालेन्द्र शाहले स्वास्थ्यमन्त्रीमा निशा मेहतालाई अगाडि सार्न लागेका छन्।

यस्तो बन्ने भयो बालेन सरकारको १५ सदस्यीय क्याबिनेट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा

प्रतिभा रावलले सम्हाल्ने भइन् सामान्य प्रशासन मन्त्रालय

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-प्रवक्ता प्रतिभा रावललाई

कानुन मन्त्रालयको जिम्मेवारी सोबिता गौतमलाई दिइँदै

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेन्द्र शाहले चितवन क्षेत्र नम्बर ३