‘बेहुली फ्रम मेघौली’लाई इतिहासकै उच्च शो « Khabarhub

‘बेहुली फ्रम मेघौली’लाई इतिहासकै उच्च शो


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘बेहुली फ्रम मेघौली’ले हालसम्मकै उच्च शोसहित प्रदर्शन हुने भएको छ । वितरकको भनाइअनुसार यस फिल्मले पहिलो दिन नै ३४० सो पाएको हो ।

विरतक कम्पनी डीसीएनका वितरण तथा मार्केटिङ प्रमुख दीपक दङ्गाल दाबी गर्छन्, ‘यो फिल्मले इतिहासकै बढी शो पाएको छ । अहिलेसम्म यति धेरै शो पाएर फिल्म ओपनिङ भएको इतिहास छैन ।’

दङ्गालका अनुसार काठमाडौं तथा मोफसलका मल्टिप्लेक्स र सिंगल थिएटरमा गरी शो सङ्ख्या ३४० पुगेको हो । यसअघि ठूला ब्यानरका फिल्मले पनि यो सङ्ख्यामा ओपनिङ शो पाएका थिएनन् ।

गीत र ट्रेलरले यो फिल्म दर्शकको चासोमा परेको छ । साथै, यो साता प्रदर्शन हुने एक मात्रै फिल्म भएकाले यसले उच्च शो पाएको हो ।

शुक्रबार र शनिबारको वर्षाले अघिल्लो साता प्रदर्शन आएका दुई फिल्म हलबाट उतारिएको छ । यस फिल्मले उच्च शो पाउनुको अर्को कारण यो पनि हो ।

फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्काको अभिनय र लगानी छ । निश्चिलको फिल्ममा ‘केही हुन्छ’ भन्ने दर्शकको बुझाइ रहेका कारण पनि ‘बेहुली फ्रम मेघौली’लाई फरक दृष्टिले हेरेको पाइन्छ ।

यस फिल्ममा निश्चल र स्वस्तिमासहित बसुन्धारा भुसाल, विजय बराल र सिमरन खड्का लगायतको अभिनय छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको यस फिल्मको लेखन–निर्देशन सजन काफ्ले र आकाश बरालले संयुक्त रूपमा गरेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ४ : ३५ बजे

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र

ग्रोकमाथि ईयूको अनुसन्धान

एजेन्सी– युरोपेली सङ्घ (ईयू) ले सोमबार एलन मस्कको स्वामित्वमा रहेको

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले