राउत प्रधानन्यायाधीश पक्का, संसदीय समितिबाट अनुमोदन | Khabarhub Khabarhub

राउत प्रधानन्यायाधीश पक्का, संसदीय समितिबाट अनुमोदन


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ ।

संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेका राउतबारे बुधबार संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेको थियो।

सुनुवाइ सकिएसँगै संसदीय समितिले भावी प्रधानन्यायाधीशमा राउत नाम अनुमोदन गरेको हो ।

राउतविरूद्ध समितिमा विभिन्न व्यक्तिले ६ वटा उजुरी हालेका थिए । संसदीय सुनुवाइ समितिले राउतविरूद्ध १० दिनको समयसहित उजुरी मागेको थिए ।

उनीविरुद्ध श्रीमती ललितालाई झगडिया बनाएकोदेखि नेपाली कांग्रेसप्रति झुकाव राखेर हत्या अभियुक्तलाई साधारण तारेखमा छाडेकोसम्म उजुरी थिए।

चितवन निवासी एकजना महिलाले जग्गासम्बन्धी विवादमा राउतको फैसलाले आफूलाई बिल्लीबाठ पारेको गुनासोसहित समितिमा उजुरी दिएकी थिइन् ।

२०७९ मंसिर ६ गतेको निर्वाचनका दिन बाजुरामा कांग्रेस कार्यकर्ताद्वारा हत्या गरिएका चेतन अयडीका बुवा गगन अयडीले राउत कांग्रेसप्रति बफादार बनेर फैसला दिएको उजुरी दिएका थिए । उनले न्यायाधीश राउत कांग्रेसको कार्यकर्ता जस्तै रहेको भन्दै अनुमोदन नगर्न भनेका थिए।

राउतले बुधबार भएको सुनुवाइका क्रममा सबै आरोपको खण्डन गरेका थिए । उनले न्यायालय सुधारका योजनासहित उनले २४ बुँदामा कार्ययोजना पेश गरेका थिए । मुद्दाको सुनुवाइदेखि फैसला कार्यान्वयनसम्म सवाल समेटेर सुनुवाइ समितिमा पेश गरेको योजनामा सन्तुष्टि जनाउँदै समितिले उनको नाम अनुमोदन गरेको हो ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ५ : ३२ बजे

प्रधानमन्त्रीले यति धेरै हल्का टिप्पणी गर्न शोभनीय हुँदैन : रेखा शर्मा

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का सांसद रेखा शर्माले प्रधानमन्त्री केपी शर्मा

अन्तरिक्षसम्बन्धी नियमहरू सजिलो बनाउन ट्रम्पको आदेश

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफ्ना पूर्वसल्लाहकार एलन मस्कलाई

रविलाई राखिएको कोठामा प्लाइ हटाएर जाली राखियो 

काठमाडौं– कारागार कार्यालय रूपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व

कैलाली र कञ्चनपुरमा ‘जनता आवास कार्यक्रम’अन्तर्गत २० घर निर्माण

अत्तरिया– सहरी विकास तथा भवन कार्यालय कैलालीले ‘जनता आवास कार्यक्रम’

बिटक्वाइनको कारोबारमा उच्च वृद्धि

टोकियो- अनुकूल अमेरिकी कानून र शेयरबजारमा भएको वृद्धिका कारण बिटक्वाइनले