‘जीवन काँडा की फूल’ को ट्रेलर सार्वजनिक (भिडियो) « Khabarhub

‘जीवन काँडा की फूल’ को ट्रेलर सार्वजनिक (भिडियो)


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साहित्यकार झमक घिमिरेको पुस्तक चलचित्र ‘जीवन काँडा की फूल’ मा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा मङ्गलबार एक कार्यक्रमको आयोजना चलचित्रको ट्रेलर सार्वजनिक गरियो ।

यो फिल्म हलमा आउँदो कार्तिक २२ गतेदेखि प्रदर्शन हुँदैछ । चलचित्रमा विनोद विष्टको लेखन तथा निर्देशन छ । चलचित्रमा झमक घिमिरे कसरी साहित्यकार बनिन् भन्ने देखाइएको छ । झमक घिमिरेको बाल्यकालको पाटो पनि चलचित्रमा प्रस्तुत गरिएको छ ।

यस्तै चलचित्रमा झमकको बाल्यकालको भूमिकामा सिलगुडीकी अवस्था थापाले अभिनय गरेकी छिन् भने युवापुस्ताको भूमिकामा काठमाडौंकी रोजिता बुद्धाचार्यले अभिनय गरेकी छिन् । चलचित्रमा सारिका घिमिरे, किसन सुनार, उमा गिरी लगायत कलाकारले सतेत अभिनय गरेका छन् ।

यस्तै चलचित्रमा झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा/संवाद समावेश छ भने शिव ढकालको छायांकन छ । त्यसै गरी चलचित्रमा तारा थापा ‘किम्भे’को सम्पादन छ । चलचित्रको सह–निर्मातामा जुनु गौतम छिन् भने कार्यकारी निर्मातामा बद्री चौहान र उमेश सुवेदी रहेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  १२ : ०२ बजे

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ

भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

सन्तान छोडेर तीन दशकदेखि हात्ती स्याहार्दै श्रीनारायण

जंगलको शान्त वातावरण, लहरै बाँधिएका ठूला–ठूला हात्तीको स्याहार सुसारमा बितेका