'जीवन काँडा की फूल' को ट्रेलर सार्वजनिक (भिडियो) | Khabarhub Khabarhub

‘जीवन काँडा की फूल’ को ट्रेलर सार्वजनिक (भिडियो)


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साहित्यकार झमक घिमिरेको पुस्तक चलचित्र ‘जीवन काँडा की फूल’ मा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा मङ्गलबार एक कार्यक्रमको आयोजना चलचित्रको ट्रेलर सार्वजनिक गरियो ।

यो फिल्म हलमा आउँदो कार्तिक २२ गतेदेखि प्रदर्शन हुँदैछ । चलचित्रमा विनोद विष्टको लेखन तथा निर्देशन छ । चलचित्रमा झमक घिमिरे कसरी साहित्यकार बनिन् भन्ने देखाइएको छ । झमक घिमिरेको बाल्यकालको पाटो पनि चलचित्रमा प्रस्तुत गरिएको छ ।

यस्तै चलचित्रमा झमकको बाल्यकालको भूमिकामा सिलगुडीकी अवस्था थापाले अभिनय गरेकी छिन् भने युवापुस्ताको भूमिकामा काठमाडौंकी रोजिता बुद्धाचार्यले अभिनय गरेकी छिन् । चलचित्रमा सारिका घिमिरे, किसन सुनार, उमा गिरी लगायत कलाकारले सतेत अभिनय गरेका छन् ।

यस्तै चलचित्रमा झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा/संवाद समावेश छ भने शिव ढकालको छायांकन छ । त्यसै गरी चलचित्रमा तारा थापा ‘किम्भे’को सम्पादन छ । चलचित्रको सह–निर्मातामा जुनु गौतम छिन् भने कार्यकारी निर्मातामा बद्री चौहान र उमेश सुवेदी रहेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  १२ : ०२ बजे

यी प्रदेशमा चट्याटङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप

सोलुखुम्बु– सोलुखुम्बुको फाप्लु जिल्ला अस्पतालले क्षमताभन्दा बढी सेवा दिनुपर्दा समस्या

ट्रम्पको हस्तक्षेपले रोकिएन अमेरिकामा आप्रवासीको प्रदर्शन

लस एन्जलस – अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्डको

ज्येष्ठ नागरिकलाई सम्मान

ओखलढुङ्गा– ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाइका साथै ज्येष्ठ नागरिकलाई

सदरमुकामकै सडक एक दशकदेखि जीर्ण

पर्वत– पर्वतको जिल्ला सदरमुकाम कुश्मा बजारभित्रकै एक सडक विगत १०