पृथ्वी राजमार्गका दर्जन ठाउँमा पहिरो, जथाभावी ओभरटेकले घण्टौँ हुन्छ जाम « Khabarhub

पृथ्वी राजमार्गका दर्जन ठाउँमा पहिरो, जथाभावी ओभरटेकले घण्टौँ हुन्छ जाम


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

धादिङ – पूर्वी नेपाल जाने बीपी राजमार्ग क्षतिग्रस्त भएपछि अहिले देशभरका सवारीसाधनको चाप त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा थपिएको छ ।

गत शुक्रबार र शनिबारको बाढीले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुलीमा करिब २ किलोमिटर सडक कामै नलाग्ने गरी सुनकोशी र रोशीले बगाएको छ ।

बीपी राजमार्ग मर्मतसम्भार चलिरहेको अवस्थामा अहिले पूर्वदेखि पश्चिम नेपालसम्म जाने सबै सवारीसाधनको चाप त्रिभुवन राजपथ र पृथ्वी राजमार्गलाई परेको हो ।

तर यी दुई राजमार्ग पनि दुरुस्त छैनन् । नागढुंगाबाट ओरालो लागिसकेपछि ३५ जनाको ज्यान लिएको झ्याप्ले खोला पहिरो क्षेत्रबाटै सडकको दुर्दशा सुरु हुन्छ।

त्यहाँ नपुग्दै काठमाडौंबाट बाहिरिने गाडीको जाम सुरु हुन्छ । यस्तो अवस्थामा ट्राफिक प्रहरीले पृथ्वी राजमार्ग प्रयोग गर्ने सवारीसाधन चालकहरूलाई सचेत गराइरहेको छ ।

त्रिभुवन राजपथदेखि नै सडकका दायाँबायाँ धेरै ठाउँमा ट्राफिक प्रहरी खटिएका छन् । तर पहिरोले अस्तव्यस्त सडकमा चाकहरूले जथाभावी गर्ने ओभरटेकले अरुलाई पनि सास्ती दिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी प्रल्हाद सिलवालले बताए ।

सिलवालका अनुसार धादिङभित्र पर्ने दर्जनभन्दा धेरै स्थानमा सडक क्षतिग्रस्त छ । झ्याप्ले खोला र कृष्णभिरसहितका स्थानमा सडक भासिएकाले मर्मत पनि चलिरहेको छ ।

पछिल्लो पटक बिहीबार बिहान ९ बजे बेनिघाट रोराङ गाउँपालिका वडा नं. ९ स्थित कृष्णभिरमा करिब १४ फिट सडक भासिएको छ । पृथ्वी राजमार्गको सडकको करिब १४ फिट लामो भाग एक फिट गहिरो गरी भासिएको उनले बताए ।

अहिले उक्त भासिएको स्थानमा सवारीसाधन एकतर्फी मात्रै सञ्चालनमा रहेको पनि उनले जानकारी दिए ।

सिलवालका अनुसार अन्य स्थानमा पनि सडक दुरुस्त छैन । झ्याप्ले खोला, नागढुंगा-नौबिसे सुरुङ्ग मार्गको मुख, खत्रीपौवाको पुल, गणेश मन्दिर इलाका, बाहुन डाँडा, चारकिलो २ नं. नौबिसे, कमेरे, चिरौँदी र परेवा भिर लगायतका स्थानमा पहिरोका कारण सडक क्षतिग्रस्त छ ।

पहिरोले क्षतिग्रस्त भएको राजमार्गमा सवारी साधनहरूको अत्यधिक चाप रहेको पनि उनले बताए ।

‘पहिरोले क्षतिग्रस्त सडकमा लामो जाम हुने गरेको छ । पूर्वजाने साना सवारी पनि यही राजमार्गबाट गइरहेकाले चाप धेरै बढेको छ’, उनले भने, ‘जाम हुने हुँदा सवारी चालकहरूले आ-आफ्नो लेन अनुशासन पालना गर्नु आवश्यक छ । लेन अनुसाशन पालना नहुँदा पनि जाम झन् बढ्ने अवस्था अहिले देखिएको छ । ’

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  २ : ०२ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर