भारतले सुरु गर्‍यो, हामी समाप्त पार्छौं– पाकिस्तान « Khabarhub

भारतले सुरु गर्‍यो, हामी समाप्त पार्छौं– पाकिस्तान


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानले एक पटक फेरि भारतका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने तयारी गरेको छ ।

यसको घोषणा पाकिस्तानका विज्ञान तथा प्रविधी मन्त्री फवाद हुसेन चौधरीले गरेका छन् ।

मन्त्री चौधरीका अनुसार पाकिस्तान आफ्नो हवाई क्षेत्र पूर्ण रुपमा भारतका लागि बन्द गर्ने विषयमा विचार गरिरहेको छ ।

फवाद चौधरीले अफगानिस्तानको साथ कारोबार गर्न भारतले पाकिस्तानको जमिनको प्रयोग गरिरहेको छ र यसमाथि पनि पाकिस्तानले प्रतिबन्ध लगाउने छ ।

मन्त्री चौधरीले ट्वीटरमा लेखेका छन्,‘प्रधानमन्त्री भारतका लागि पाकिस्तानी हवाई क्षेत्र पूर्णरुपमा प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहनु भएको छ । यसका साथ नै अफगानिस्तानका साथ कारोबारमा भारत पाकिस्तानको रुट प्रयोग गरिरहेको छ यसमाथि पनि मन्त्रिपरिषद् बैठकमा उठेको छ । केही कानूनी औपचारिकता बाँकी छ यो फैसला विचाराधीन छ । मोदीले शुरु गरेका छन् हामी खतम गर्छौं।’

चौधरीको यो भनाइ पाकिस्तानी प्रतिनिधि इमरान खानले राष्ट्रको नाममा संबोधन गरेपछि आएको हो । इमरान खानले आफ्नो सम्बोधनका क्रममा पाकिस्तान कश्मीरको विषयमा चुप लागेर नबस्ने बताएका थिए ।

यसअघि भारतले पाकिस्तानको बालकोटमा एयरस्ट्राइक गरेपछि पाकिस्तानले आफ्नो हई क्षेत्रको प्रयोगमा भारतमाथि प्रतिबन्ध लगाएको थियो ।

पाँच अगस्टमा भारतले जम्मू कश्मीरको संवैधानिक स्वायत्तधा समाप्त पोर्ने घोषणा भारतले गरेको थियो ।

यो फेसलापछि पाकिस्तान रिसाएको छ र यसको विरुद्धमा विश्वका हरेक जसो मञ्जमा आफ्नो विरोध जनाइरहेको छ । यसैको प्रतिक्रियामा पाकिस्तानले भारतसँग कारोबार र राजनीतिक सम्बन्धपनि तोडेको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  १२ : २४ बजे

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष