विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन | Khabarhub Khabarhub

विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय सूचना आयोगले बाढीपहिरो जस्ता विपद्का क्रममा सार्वजनिक निकायलाई सही सूचना प्रवाह गर्न निर्देशन दिएको छ । 

आयोगको बुधबार बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै आयोगले सङ्घ सरकार, प्रदेश सरकार तथा स्थानीय तहका सार्वजनिक निकायबाट पीडितको उपचार तथा राहतका लागि भए गरेका कामका बारेमा सञ्चारका विभिन्न माध्यमबाट नियमित रुपमा सार्वजनिक गराउने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ । यही असोज ११ र १२ गते अविरल वर्षाले आएको बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको छ ।

आयोगको बैठकले उपलब्ध र वितरण भएका वा गरिने तथा खरिद गरिने सामग्री, सेवा तथा राहतका बारेमा सञ्चारका विभिन्न माध्यमबाट नियमित रुपमा सङ्घ सरकार, प्रदेश सरकार तथा स्थानीय तहबाट सार्वजनिक गराउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

आयोगले भनेको छ, ‘नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका सार्वजनिक निकायबाट राहत उपलब्ध गराउनुपर्ने नागरिकलाई वितरण गरिएको राहतको विवरण तथा आधार नियमित रुपमा सार्वजनिक गर्ने व्यवस्था मिलाउने र सहजता तथा अभिलेखका लागि त्यस्ता विवरण विद्युतीय प्रणालीमा राख्ने व्यवस्था गर्नुपर्नेछ ।’

आयोगले नेपाल सरकारबाट स्वीकृत सूचनाको हक कार्यान्वयनसम्बन्धी अनुगमन निर्देशिका, २०७६ बमोजिम गठित केन्द्रीय समन्वय एकाइ, कार्यान्वयन अनुगमन एकाइ, प्रदेश अनुगमन एकाइ र जिल्ला अनुगमन एकाइलाई सक्रिय गराइ त्यस अवधिमा र नियमित रुपमा सूचनाको हकको प्रयोगका बारेमा अनुगमन गरी त्यसको प्रतिवेदन सार्वजनिक गर्ने र आयोगलाई पनि जानकारी दिने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

सार्वजनिक निकायमा रहेका सूचना सङ्कलन गरी सर्वसाधारण नागरिकसम्म पुर्याउने आमसञ्चारकर्मी तथा सूचनाको हकका अभियन्ता सार्वजनिक निकायमा गइरहनुपर्ने भएकाले निजको सुरक्षाको व्यवस्था मिलाउन आवश्यक व्यवस्था गर्न पनि सरकारसँग अनुरोध गरेको छ । 

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ३ : ०० बजे

सदनमा स्वास्थ्यमन्त्रीले भने- वर्षौँपछि स्वास्थ्य क्षेत्रमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौँ

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लामो समय पछि स्वास्थ्य

राष्ट्रपतिसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा

युवा भ्रमित भए अग्रगमनले गति लिँदैन : प्रधानमन्त्री

लतिलपुर– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवा

कोरोना संक्रमित ५ जनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट पुष्टि

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमित ५ जनामा ओमिक्रोनको नयाँ सब

चट्याङ लागेर एक जनाको मृत्यु

रूपन्देही– मर्चवारी गाउँपालिका-३ माहाराजगंज बस्ने ४५ वर्षीया प्रमिला यादवको चट्याङ लागेर सोमबार