गण्डकीमा बढ्यो डेङ्गी, सङ्क्रमितको सङ्ख्या ११ हजार नाघ्यो | Khabarhub Khabarhub

गण्डकीमा बढ्यो डेङ्गी, सङ्क्रमितको सङ्ख्या ११ हजार नाघ्यो


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशमा हालसम्म एघार हजार पाँच सय ९० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार गत सेप्टेम्बर महिनामा मात्र छ हजार चार सय ३४ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । गत जनवरीमा जम्मा ७० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएकामा त्यसयताका नौ महिनामा सङ्क्रमितको सङ्ख्या बढेर साढे एघार हजारभन्दा माथि पुगेको हो । 

मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले गत जुलाईयता डेङ्गीको सङ्क्रमण दर बढ्दै गएको बताए। जुलाईमा सात सय २८ र अगष्टमा चार हजार ८३ जनामा डेङ्गी देखिएको उनले जानकारी दिए। सबैभन्दा बढी कास्कीमा पाँच हजार नौ सय २८ र  कम मनाङमा जम्मा दुई जनामा उक्त रोगको सङ्क्रमणको पुष्टि भएको हो । 

शिक्षा अधिकृत शर्माले दिएको जनाएअनुसार हालसम्म तनहुँमा दुई हजार ७३८, पर्वतमा एक हजार ६३, गोरखामा पाँच सय ९२, बागलुङमा तीन सय ९५, स्याङ्जामा तीन सय ९३, म्याग्दीमा एक सय ८९, नवलपुरमा एक सय ७४, लमजुङमा एक सय आठ र मुस्ताङमा आठ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । 

डेङ्गीका कारण हालसम्म प्रदेशभित्र तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा कास्कीका चार महिला र एक पुरुष, तनहुँ र म्याग्दीका एक÷एक जना पुरुष छन् । 

डेङ्गीबाट सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिका प्रभावित भएको छ । महानगरको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले महानगरमा हालसम्म पाँच हजार आठ सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

असारदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको बढी जोखिम हुने उनको भनाइ छ । यस रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको रेग्मीले बताए । 

महानगरपालिकाले लामखट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि नै सुरु गरेको भएपनि डेङ्गी रोकथाम चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ । 

चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको चिकित्सक बताउँछन् । समयमा उपचार नभए डेङ्गीबाट बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले विशेष स्वास्थ्य सचेतना अपनाउनुपर्ने उनीहरूको सुझाव छ । डेङ्गीको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने जनाइएको छ । 

डेङ्गी ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ । डेङ्गीको सङ्क्रमणदेखि एक्कासि उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर देख्नेजस्ता लक्षण देखा गर्ने जनाइएको छ । 

यो रोगको खास उपचार नभएकाले लक्षणअनुसार औषधोपचार गर्ने गरिएको चिकित्सकले जनाएका छन् । 

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ३ : ५० बजे

आजका समाचार : लाग्यो दशैँ, नखुल्ने भयो बीपी राजमार्ग र नेपालको बिजुली बङ्गलादेश जाने 

बंगलादेशसँग विद्युत् व्यापार सम्झौता नेपाल र बंगलादेशबीच विद्युत किनबेचसम्बन्धी सम्झौता

महिला भलिबलमा काठमाडौँले मधेशलाई हरायो

काठमाडौं– जारी एभरेस्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौँ स्पाइकर्सले मधेश

गोरखामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

गोरखा– गोरखामा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ

बाढी पहिरोमा मृत्यु हुनेको सङ्ख्या २३६ पुग्यो

काठमाडौं– केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका

महिला टी-२० विश्वकपमा बङ्गलादेशको विजयी सुरुवात

काठमाडौं– आजदेखि युएईमा शुरु भएको आईसीसी महिला टी-२० विश्वकपको उद्‌घाटन