भारतपछि साउदी युवराज चीन भ्रमणमा « Khabarhub

भारतपछि साउदी युवराज चीन भ्रमणमा


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारत भ्रमण सकेर साउदी अरबका युवराज चीन पुगेका छन् । चीनमा उनलाई चिनियाँ कम्युनिष्ट पार्टीका सल्लाहकार तथा राजनीतिक परिषद्का उपाध्यक्ष खि ली फुङ र साउदी अरबका लागि चिनियाँ राजदूत ली हुवा सिनले स्वागत गरे ।

चीन भ्रमणमा रहँदा उनले चिनियाँ राष्ट्रपति सी जिन्पिङ तथा अरु उच्च पदस्थ चिनियाँ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले चीनमा आपसी लगानी तथा उर्जा तथा प्रविधिका क्षेत्रमा लगानीका विषयमा सम्झौता हुने छ ।

त्यस्तै चीनले साउदी अरबलाई आफ्नो महत्वकांक्षी बेल्ट एण्ड रोड परियोजनामा सहभागी हुन आग्रह गर्ने जनाइएको छ । चीन साउदी अरबको ठूलो व्यापारिक साझेदार हो । गतवर्ष साउदी अरब र चीनबीच ६३ अर्ब डलरभन्दा धेरैको व्यापार भएको थियो ।

दुई वर्षअघि साउदी नरेश सलमान बिन अब्दुलाजिजे चीनको भ्रमण गरेपछि साउदी अरबबाट भएको यो सबैभन्दा उच्चस्तरको चीन भ्रमण हो । युवराज बिन सलमान दुई दिन चीनमा रहनेछन् । गत आइतबारबाट एशिया भ्रमणमा निस्केका उनले यसअघि पाकिस्तान र भारतको भ्रमण पूरा गरिसकेका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ३ : ३० बजे

जलविद्युत आयोजनाहरुको आरसीओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर

सिने उद्योगमा तीन ब्यानरको वर्चस्व, दर्शकको रोजाइ कन्टेट कि ब्रान्ड ?

काठमाडौं – ‘अन्ततः कन्टेन्टमा दम भएकै फिल्म हिट हुन्छन्’ भन्ने

कर्णालीमा गत आर्थिक वर्ष ट्राफिक कारबाहीबाट ३ करोड ४१ लाख राजस्व सङ्कलन

सुर्खेत– नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन

मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको प्रयास आवश्यक : महालेखापरीक्षक

काठमाडौँ– महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर