कानले कसरी सुन्छ ? कानमा लाग्ने रोग, कारण र बच्ने उपाय « Khabarhub

कानले कसरी सुन्छ ? कानमा लाग्ने रोग, कारण र बच्ने उपाय


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कान मानिसको प्रमूख ज्ञानेन्द्रिय मध्यको एउटा महत्वपूर्ण अङ्ग हो । कानको बाहिरी आकृतिले मानिसको शारीरिक शोभा बढाउने काम गर्छ ।

कानको मुख्य काम सुन्ने र शरीरलाई सन्तुलनमा राख्ने हो । कानलाई बाह्य, मध्य र भित्री गरी तीन भागमा विभाजित गरिएको हुन्छ ।

कानको बाह्य भाग सिमि आकारको माँसपेशी र कुरकुरे हड्डीबाट बनेको हुन्छ । मध्य भागमा तीन वटा स–साना हड्डी हुन्छन् । कानको मध्य भागको एउटा नलीद्धारा नाक र घाँटीसँग जोडिएको हुन्छ । भित्री भागमा तरल र विशेष किसिमका तन्तुहरु रहेको हुन्छ ।

जुन बाहिरबाट आएको आवाज कानको प्वाल, जाली हड्डी हुँदै भित्री भागमा प्रवेश हुन्छ । जहाँ सुनाई र सन्तुलन सम्बन्धी विशेष काम हुन्छ र सो तरङ्गको रुपमा नसाहरुले मस्तिष्क वा केन्द्रसम्म पुर्‍याउँछ र प्रतिउत्तरको लागि वातावरण तयार हुन्छ ।

यदि कानको अवस्था ठिक छैन भने आवाज ग्रहणता र प्रतिउत्तरमा पनि बाध पुग्छ र शरीर असन्तुलन हुन पनि सक्छ । कानमा कुनै समस्या आउँदा समयमै उपचार गर्नुपर्छ । यदि कानको समस्यालाई वेवास्ता गरिएमा जीवनभर नै पूरा बहिरो वा अर्ध बहिरो भएर बाँच्नुपर्ने हुन्छ । त्यसैले स्वास्थ्य जीवनका लागि स्वस्थ कान महत्पूर्ण हुन्छ ।

कानमा हुनसक्ने समस्याहरु

– कान दुख्ने,

–कान पाक्ने,

– कानबाट पानी, पीप र रगत मिश्रित झोल पदार्थ आउने,

–कानको सुनाई कम हुने,

–कान कराउने,

– कानको वरिपरी दुख्ने,

– कान चिलाउने,

– रिंगाटा लाग्ने आदि कानमा हुनसक्ने समस्या हुन् ।

कानमा समस्या आउनुको कारण

–कानेगुजी भरिनु,

–बाहिरी, मध्य र भित्री कानको रोगको संक्रमण,

– उमेर बढ्दै जाँदा कानको नसा सुक्दै जानु,

– मेनिन्जाइटिस, इन्सेफलाइटिस, टाइफाइड हुनु,

– चोटपटक लाग्नु,

–कानभित्र मासु पलाउनु,

– ध्वनी प्रदूषण हुनु ।

कानमा समस्या हुन नदिन यस्तो गर्नुस्

–कानमा पानी पस्न नदिने,

– कानमा तेल वा कुनै तरल पदाथए नराख्ने,

– कान कोट्याउने काम नगर्ने,

– रुघा लाग्दा होसिया रहने ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ७ : ०६ बजे

लुम्बिनी प्रदेशसभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सातौँ बैठक आजदेखि आगामी आर्थिक

कानुनी झमेलामा पर्दै युवा कमेडियन

काठमाडौँ- नेपालमा कमेडी विधा बाउन्स ब्याक भएको अवस्थामा छ ।

हावाहुरीले घर भत्किँदा एक महिलाको मृत्यु

रौतहट– रौतहटमा सोमबार साँझ आएको हावहुरीले घर भत्किएर थिच्दा एक

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डास्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन