बाढीले पुल बगाएका स्थानमा फड्के निर्माण « Khabarhub

बाढीले पुल बगाएका स्थानमा फड्के निर्माण


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

पाँचथर – यही असोज १२ गते आएको बाढीले पुल बगाएका यहाँका दुई खोलामा फड्के निर्माण गरी मानिसको आवतजावतलाई सहज बनाइएको छ ।

मेची राजमार्गअन्तर्गत नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को हेवा खोला तथा फिदिम–फालोट सडकअन्तर्गत फिदिम नगरपालिका १ र ११ को फेमे खोलामा फड्के निर्माण गरिएको हो । पुल बगाएपछि आवतजावत ठप्प भएका यी स्थानमा फड्के बनेपछि यात्रा सहज भएको छ ।

मेची राजमार्गअन्तर्गत हेवा खोलामा रहेको बेलिब्रिज बगाएको स्थानभन्दा करिब एक सय मिटर तल फड्के निर्माण भएको छ । नेपाली सेनासहित तीनवटै सुरक्षा निकाय, फिदिम नगर प्रहरी, फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका तथा स्थानीय युवाको सक्रियतामा चार दिन लगाएर उक्त फड्के बनाइएको हो ।

फड्के निर्माण गरिएको स्थान नजिकै सडक डिभिजन कार्यालय इलामले डाइभर्सन निर्माण गर्ने तयारी गरिरहेको छ ।

फिदिम नगरपालिकाकै वडा नं १०, ११, १२ र १३ तथा फालेलुङ गाउँपालिकालाई सदरमुकामसम्म जोड्ने फेमे खोलाको सडक पुल बाढीले बगाएपछि यातायात पूर्णरुपमा अवरुद्ध छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  १० : ४० बजे

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३

भद्रपुर भन्सारको राजस्व असुलीमा सुधार

भद्रपुर– भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर