नेकपा नेता रावलले भने– प्रधानमन्त्रीले विदेशबाट भिडियो कन्फ्रेन्स गरेर मन्त्रिपरिषद बैठक बोलाउनु गलत « Khabarhub

नेकपा नेता रावलले भने– प्रधानमन्त्रीले विदेशबाट भिडियो कन्फ्रेन्स गरेर मन्त्रिपरिषद बैठक बोलाउनु गलत


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता भीम रावलले प्रधानमन्त्रीले विदेशबाट भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बोलाउनु सुरक्षा र कानूनका दृष्टिले गलत भएको टिप्पणी गरेका छन् ।

बुधबार कैलालीको सदरमुकाम धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले प्रधानमन्त्री आफैँले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएर गए पनि विदेशबाट आफैं मन्त्रिपरिषद बैठक बोलाउनु जरुरी नभएको र यो काम आफैंमा विवादास्पद भएको बताएका हुन् ।

फरक प्रसंगमा नेता रावलले स्थायी कमिटी सदस्य भीम रावलले सुदूरपश्चिममा फेरि टीकापुर घटनाको पुनरावृत्ति गर्न खोजिएको बताएका छन् ।

डा. बाबुराम भट्टराईले टीकापुरमै आएर फेरि जातीय राज्य निर्माणका लागि आन्दोलन चर्काउन लगाउनु विखण्डनकारी काम भएको आरोप लगाए ।

मार्क्सवादलाई पोलेर त्यसको खरानी घसेर जातीय राज्य बनाउन बाबुराम भट्टराई सक्रिय रहेको उनको आरोप छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  १२ : ५२ बजे

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही– सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ ।

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न

लन्डन– बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ

ट्राफिक कारबाहीमा एकैदिन पाँच लाख बढी राजस्व असुली

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ८१३ सवारीचालकलाई सवारी

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको