छैटौँ एशियाली जनसङ्ख्या सम्मेलन काठमाडौंमा हुने « Khabarhub

छैटौँ एशियाली जनसङ्ख्या सम्मेलन काठमाडौंमा हुने


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं छैटौँ एशियाली जनसङ्ख्या सम्मेलन आगामी मंसिर १२ गतदेखि काठमाडौंमा आयोजना हुने भएको छ । 

त्रिभुवन विश्वविद्यालय, जनसङ्ख्या अध्ययन केन्द्रीय विभागले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै नेपालको जनसङ्ख्या र विकासको भविष्यका लागि छैटौँ एसियाली जनसङ्ख्या सम्मेलन आगामी मंसिर १२ देखि १५ गतेसम्म काठमाडौंमा आयोजना हुने जनाएको हो ।

वर्तमान जनसाङ्ख्यिक सङ्क्रमण र जनसङ्ख्या र विकासमा यसको भावी प्रभाव अन्तर्राष्ट्रिय समुदायलाई अन्वेषण गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरेको विभागले जनाएको छ । 

विभागका प्रमुख एवं आयोजक समिति संयोजक प्रा.डा योगेन्द्र बहादुर गुरुङले सम्मेलनबाट प्राप्त निष्कर्षले नेपालको जनसाङ्ख्यिक समस्या, पहिचान र सुझावसहितको नीतिनिर्मातालाई भविष्यको जनसङ्ख्यासम्बन्धी नीति तथा कानुन निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

सम्मेलनमा दक्षिण एशिया बाहेकका देशबाट सय जना, दक्षिण एशियाबाट १७० जना र नेपालबाट सय जना सहभागीहरूले नाम दर्ता गराएको उनले जानकारी दिए ।

चारदिनसम्म चल्ने सम्मेलनका लागि करिव ५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  १ : ०५ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको