सिन्धुलीमा माइक्रोबस दुर्घटना, चालकसहित १५ जना घाइते | Khabarhub Khabarhub

सिन्धुलीमा माइक्रोबस दुर्घटना, चालकसहित १५ जना घाइते


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- काठमाडौंबाट विराटनगरका लागि छुटेको एउटा माइक्रोबस सिन्धुलीका माइक्रोबस दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन्।

काठमाडौंबाट विराटनगर हिँडेको बा५ख६६१८ नम्बरको माइक्रोबस बीपी राजमार्गको कमलामाई नगरपालिका-८ सिस्नेरीमा दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका हुन् ।

माइक्रोबस अनियन्त्रित भई नालीमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए । उनका अनुसार घाइतेहरूको सिन्धुली अस्पतालमा उपचार हुँदैछ ।

दुर्घटनामा मोरङको सुन्दरहरैँचा नगरपालिका -९ का अनुज सुन्दास, सुन्दरहरैँचा -१९ का प्रकाश उप्रेती, सुनसरीको इटहरी उपमहानगरपालिका -१९ का सिशम घिमिरे, झापाको बिर्तामोड नगरपालिका- ५ का समीर तामाङ, इटहरी उपमहानगरपालिका- ६ की विजया तिमल्सिना, मोरङको लेटाङ नगरपालिका- ६ का गोपाल नेपाली र मोरङकै लोटाङ -१ का दिपेश राई घाइते भएका छन ।

यस्तै मोरङको मधुमल्ला गाउँपालिका -९ का बम बहादुर खड्का र नेत्र बहादुर खड्का पनि घाइते भएका छन् ।

पाँचथर याङ्वरक गाउँपालिका- ४ का बिक्रम सुन्दास र सुजन सुन्दास, धनकुटाको मदलक्ष्मी नगरपालिका- १ का गोरख बुढाथोकी, मोरङको सुन्दरहरैँचा नरपालिका- १ का उपेन्द्र खतिवडा, विराटनगर महानगरपालिका-८ का अतुल कटुवाल र तेह्रथुम छत्तर गाउँपालिका -६ का तिरबहादुर लिम्बु घाइते भएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  १ : १७ बजे

प्रदर्शनरत फिल्मका मुख्य अंश सामाजिक सञ्जालमा नराख्न बोर्डको चेतावनी

काठमाडौं– चलचित्र विकास बोर्डले नेपाली चलचित्र तथा चलचित्रका मुख्य अंशहरूको

चितवन पुगेर रविले : दशैंपछि मलाई मुद्दा लगाउने तयारी गर्दैछन्

  काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई सरकारले

सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई मधेस सरकारले दियो जनही एक लाख

वीरगन्ज – सिमलताल बस दुर्घटनामा परी मृत्यु भएका मृतकका परिवारलाई

मुन्धुम मन्थन : सीमान्तकृत ‘न्यारेटिभ’

मूलतः म कविता लेख्ने मान्छे हो । तर, मैले नलेखेको

मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल वनस्पति घ्यू तेल