कोशीले बगाएका अर्ना बिहारमा, दुईजनाको ज्यान लिएपछि गोली हानेर मारियो « Khabarhub

कोशीले बगाएका अर्ना बिहारमा, दुईजनाको ज्यान लिएपछि गोली हानेर मारियो

मन्त्री नै गर्वसाथ भन्छन्- राक्षसको बहानलाई मार्न सफल भयौँ


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत साता सप्तकोशीमा आएको भीषण बाढीले नेपालबाट बगाएर लगेका अर्नालाई भारतमा गोली हानी मारिएको छ ।

कोशी टप्पु बन्यजन्तु आरक्षबाट बाढीमा बगेर भारतको बिहारस्थित सुपौल जिल्लामा पुगेका अतिदुर्लभ प्रजातिका ६ मध्ये एउटा अर्नालाई गोली हानी मारिएको हो ।

समाचार अनुसार बिहारको सुपौल जिल्लामा कोशी नदीको जलस्तर अचानक बढेपछि अर्ना पनि बगेका थिए । यही बुधबार बसन्तपुर प्रखण्डको भगवानपुर पञ्चायत वडा नम्बर २ मा नेपालको जंगलबाट बगेर गएको अर्नाले दुईजनालाई हानेको थियो ।

यस क्रममा ५० वर्षीय भुवनेश्वर मण्डल र २५ वर्षीय मुकेश कुमारले घटनास्थलमै ज्यान गुमाएका थिए । समाचारअनुसार भुवनेश्वर बिहान खेतमा धान गोडिरहेका थिए ।

त्यहीबेला उनलाई अर्नाले हमला गरेको हो । हमलामा भुवनेश्वर गम्भीर घाइते भए । उनलाई सहयोग गर्न पुगेका मुकेश कुमारलाई पनि अर्नाले हान्यो । त्यहीक्रममा दुवैको ज्यान गयो । घटनापछि मृतकका परवार र गाउँलेले आक्रोशसहित राजमार्ग अवरुद्ध गरे ।

यो घटनालाई लिएर विरोध भएपछि बिहार प्रदेशका बहालवाला मन्त्री निरजकुमार सिंह (बब्लु) खटिएका थिए । उनैले उक्त अर्नालाई गाउँलेले घेरेर मारेको खबर सामाजिक सञ्जालमा हालेका छन् । उक्त अर्नालाई १५ गोली हानेर ज्यान लिएको बताइएको छ।

उनले नवरात्र आरम्भ हुनु एक दिनअघि राक्षस महिषासुरको सवारी भैंसीलाई स्थानीयले मारिदिएका बताएका छन् । ‘यसैगरेर हाम्रो क्षेत्र एवम् पूरा प्रदेशमा जगत जननी माँ भगवतीको आशीर्वाद बनिरहोस् । आम जनमानसको सहयोग एवम् आशीर्वाद पनि मिलिरहोस्’, उनले फेसबुकमा लेखेका छन् ।

अतिदुर्लभ प्रजातिमा सूचीतकृत जंगली जनावरको हत्या गर्न नपाइने अन्तर्राष्ट्रिय कानुन छ । तर बिहारका वन-पर्यावरण तथा जलवायुमन्त्री निरजकुमार सिंह (बब्लु) ले अर्नाको ज्यान लिएको खबर आफ्नो फेसबुक पेजमै हालेका छन् ।

कोशीमा आएको बाढीमा ६ वटा अर्ना बगेर सुपौल जिल्लाको रानीगञ्ज पुगेका थिए । बाढी घटेपछि अर्नाको बथान गाउँ छिरेको थियो। अर्नालाई धपाउन कस्सिने क्रममा भुवनेश्वरलाई हानेको थियो । त्यसपछि अर्काको पनि ज्यान लिएपछि अर्नालाई गोली हानिएको थियो ।

मारिएको अर्नामाथि गाउँलेले रिस पोख्दै लात्ती बर्साए । एउटालाई गोली हानेर मारिएको छ । अन्यको अवस्था खुलेको छैन । बाढीमा बगेर बिहार पुगे अर्ना नेपाल फर्काउन अझै पहल भएको छैन ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ४ : ११ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क