प्रदर्शनरत फिल्मका मुख्य अंश सामाजिक सञ्जालमा नराख्न बोर्डको चेतावनी | Khabarhub Khabarhub

प्रदर्शनरत फिल्मका मुख्य अंश सामाजिक सञ्जालमा नराख्न बोर्डको चेतावनी


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र विकास बोर्डले नेपाली चलचित्र तथा चलचित्रका मुख्य अंशहरूको भिडियो सामाजिक सञ्जाल भरी व्याप्त भइरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

बोर्डले शुक्रबार एक सूचना प्रकाशित गर्दै  चलचित्रको मुख्य अंशहरूको अनाधिकृत दुरुपयोगबाट चलचित्रका निर्माताहरूको लगानी तथा यसमा सम्बद्ध सम्पूर्णको मेहनत डुब्न जाने भन्दै प्रतिलिपि अधिकार ऐन अन्तर्गतको सजाय हुने व्यवस्था सम्झाएको छ ।

बोर्डले भनेको छ- ‘हाल नेपालमा प्रदर्शनरत नेपाली चलचित्रहरूको मुख्य -मुख्य अंशहरूको भिडियो सामाजिक सञ्जाल भरी व्याप्त भइरहेको सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ । यसरी चलचित्रको मुख्य अंशहरूको अनाधिकृत दुरुपयोगबाट चलचित्रका निर्माताहरूको लगानी तथा यसमा सम्बद्ध सम्पूर्णको मेहनत डुब्न जाने अवस्था रहन जान्छ।अर्काको सिर्जना तथा सम्पत्तिको गैर कानुनी रूपमा विभिन्न डिजिटल माध्यमहरूमा अपलोड गर्नु कानुनी रूपमा  दण्डनीय अपराध हो र यदि कसैले यसो गरेको पाइएमा प्रतिलिपि अधिकार ऐन,२०५९ र नियमावली,२०६१ अनुसार त्यस्तो काममा प्रयोग गरिएका उपकरण जफत हुनुका साथै तपाईँले दण्ड, जरिवाना र क्षतिपूर्ति समेत व्यहोर्नुपर्ने हुन्छ । त्यसैले  चलचित्रघर भित्र मोबाइल क्यामेरा लगायत कुनै पनि किसिमका भिडियो खिच्ने सामाग्रीहरूको प्रयोग नगर्नु, नगराउनुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ । चलचित्र तथा चलचित्रजन्य सिर्जनाहरूको अनाधिकृत रूपमा कहिल्यै प्रयोग नगरौँ, दण्ड,जरिवाना र क्षतिपूर्तिबाट बचौँ।’

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ५ : १३ बजे

राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको उपस्थिति महत्वपूर्ण रह्योः परराष्ट्रमन्त्री

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घको ७९

कालढुंगामा फसेका यातायात मजदुरको बिचल्ली, उद्धारमा सरकार निरीह

काठमाडौं- गत शुक्रबार (असोज ११ गते) झापाबाट बा५ख ७३७ नम्बरको

उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न मानवअधिकार आयोगको आग्रह

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले आम उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न

बाढीपीडितलाई दलमार्फत बाँडिएको चिनियाँ राहतबारे कांग्रेस नेता पोखरेलको प्रश्न

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले चिनियाँ कम्युनिस्ट पार्टीले

चाडपर्वलाई लक्षित गरी सशस्त्रको ११६ स्थानमा सहायता कक्ष

काठमाडौं – चाडपर्व लक्षित गरी सशस्त्र प्रहरी बल, नेपालले देशका