बाढीपीडितलाई दलमार्फत बाँडिएको चिनियाँ राहतबारे कांग्रेस नेता पोखरेलको प्रश्न « Khabarhub

बाढीपीडितलाई दलमार्फत बाँडिएको चिनियाँ राहतबारे कांग्रेस नेता पोखरेलको प्रश्न


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले चिनियाँ कम्युनिस्ट पार्टीले बाढीपीडितलाई पठाएको राहत सहयोगबारे प्रश्न उठाएका छन् ।

शुक्रबार चिनियाँ कम्युनिष्ट पार्टीले हालैका बाढीपहिरो र डुबान पीडितलाई पठाएको राहत सामाग्री काठमाडौंको टेकुस्थित महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय हातामा सर्वदलीय भेलामा दलका नेताहरूलाई राहत सामाग्री वितरण गरिएपछि पोखरेलले यस्तो प्रश्न उठाएका हुन् ।

खास गरी नेकपा एमाले र एकीकृत समाजवादीसहितका नेताहरूले सीपीसीले पठाएको राहत बुझेपछि नेता पोखरेलले सरकारको एकद्वारा नीति सम्झाएका हुन् ।

उनले छिमेकी देशका कुनै पनि दलको राहत सामग्री लिने कुरामा पनि ख्याल गर्नुपर्ने बताएका छन् ।

‘विपद्को समयमा सहयोगलाई स्वागत छ । तर यस्तो सहयोग सरकारको एकद्वार नीतिमार्फत स्वीकार गरिनु पर्छ’, उनले भनेका छन्, ‘हामीलाई सहयोग गर्ने अन्य देशका राजनीतिक दलको बारेमा पनि समयमै सोच्न आवश्यक छ । हाम्रा २ राजनीतिक दलहरू प्रत्यक्ष रूपमा राहत बुझ्न जुटेको विषयबारे हामीले गम्भीरतापूर्वक ख्याल गरौँ ।’

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ८ : ३० बजे

मेलम्ची आयोजनामा अवरोध हुन नदिन सांसद दुलालको माग

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनामा

ब्राजिलका राष्ट्रपतिले ट्रम्पलाई चुनावमा हस्तक्षेप नगर्न आग्रह गर्ने

एजेन्सी– ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक