डुबानमा परेको राजदेवी मन्दिरको पानी निकालियो « Khabarhub

डुबानमा परेको राजदेवी मन्दिरको पानी निकालियो


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

जलेश्वर बाढीले डुबानमा पारेको महोत्तरीको जलेश्वर नगपालिका–२ मा अवस्थित राजदेवी मन्दिरको पानी आज निकालिएको छ ।

विरल वर्षापछि एक साताअघि आएको बाढीको पानीले राजदेवीको गर्भगृहमा चार फिट पानी जमेको तथा सोही कारण बडा दसैंको घटस्थापनाको दिन माताको प्रतिमाको अगाडि जमरा पनि राख्न नसकिएपछि आज एका बिहानैदेखि सम्बन्धित सरोकारवाला मिलेर मन्दिरबाट पानी निकालेका हुन् । 

राजदेवी मन्दिरका पूजारी रामपृत गिरीका अनुसार बाढीको पानीले मन्दिरको गर्भगृह डुबाउनका साथै प्रतिमा पनि डुबानमा पारेको थियो भने मन्दिर बाहिरका भूभाग पनि जलमग्न बनाएको कारण बडा दसैंको सम्पूर्ण पूजाआजा प्रभावित भएको थियो । पूजारी गिरीले मन्दिर र गुफा दुवै डुबानमा रहेकै कारण मन्दिरको पछाडिपट्टी रहेको खाली भूभागमा पूजा अर्चना गरी राजदेवीको नाउँमा जमरा राखिएको बताए।

जलेश्वर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, पूजा समिति, स्थानीय नागरिक समाजलगायत निकायका व्यक्तिले मिलेर आज मन्दिरबाट बाढीको पानी निकालेर सरसफाइ गरी पूजाआजालाई निरन्तरता दिइएको छ ।

नगरप्रमुख सुरेश साह सोनारको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, सफाइकर्मी र स्थानीय बासिन्दाको सहयोगमा दमकलसहितका उपकरण लगाएर मन्दिरको पानी निकालिएको छ । सो मन्दिर जलेश्वरको सबैभन्दा होचो ठाउँमा रहेका कारण आज बाढी गइसकेको चार-पाँच दिन भइसक्दा पनि बाहिरी पानीको सतह कम नभएकाले मन्दिरको पानी पनि निस्कन नसकेको र सोही कारण बडादसैँको पूजाआजा पनि प्रभावित भएको थियो । 

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  १२ : ३४ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।