भारतको मेघालयमा बाढीपहिरो, दश जनाको मृत्यु « Khabarhub

भारतको मेघालयमा बाढीपहिरो, दश जनाको मृत्यु


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको उत्तरपूर्वी राज्य मेघालयमा बाढी र पहिरोका कारण कम्तीमा दश जनाको मृत्यु भएको अधिकारीले शनिबार जानकारी दिएका छन् । 

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले राज्यको ‘गारो हिल्स’ क्षेत्रमा ठूलो क्षति पुगेको छ । मेघालयका मुख्यमन्त्री कोनराड सङ्गमाले बाढीको अवस्थाको समीक्षा गर्दै जिल्ला प्रशासनलाई स्थानीय सरकारसँग सहयोग लिन र प्रभावित क्षेत्रमा राहत कार्य सुनिश्चित गर्न निर्देशन दिएका छन् ।

पश्चिम गारो हिल्स जिल्ला दलु–३ र दक्षिण गारो हिल्स जिल्ला ग्यासुआपारा–७ मा बाढी र पहिरोमा परी १० जनाको मृत्यु भएको मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अधिकारीहरूका अनुसार स्टेट डिजास्टर रेस्पोन्स फोर्स (एसडीआरएफ) का कर्मचारीहरूले प्रभावित क्षेत्रमा उद्धार कार्य गरिरहेका छन् । पाँच जिल्लाका प्रभावित क्षेत्रमा व्यापक क्षति भएको जनाइएको छ । पानी बढेपछि काठका पुल भत्किएका छन् । बगेका पुल तत्काल पुनर्निर्माण गर्न मुख्यमन्त्रीले निर्देशन दिएका छन् । 

मेघालयको पश्चिमी गारो हिल्सबाट बगेको वर्षाको पानीले छिमेकी आसम राज्यको मानकाचरमा बाढी आएको र धेरै गाउँहरू डुबानमा परेको रिपोर्टहरूमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ६ : ३८ बजे

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी

किभमा रुसको तीव्र हवाई प्रहार : विदेशी कूटनीतिज्ञलाई तत्काल सहर छाड्न रुसको कडा चेतावनी

काठमाडौं– रुसले युक्रेनको राजधानी किभमा थप भीषण प्रहार गर्ने चेतावनी

किसानका घरआँगनमा कृषिमन्त्री चौधरी

रुपन्देही– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रुपन्देही, कपिलवस्तु र

एलिनाको पसलको घर किनेको हल्लामा विष्णुको जवाफ- ‘समाचार पढेर मात्रै थाहा पाएँ’

काठमाडौं– गायिका एलिना चौहान र उनका पूर्वपति विष्णु सापकोटाको सम्बन्ध

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै