भक्तपुर क्यान्सर अस्पताल विवाद– सर्वोच्चले दुबै पक्षलाई बोलायो « Khabarhub

भक्तपुर क्यान्सर अस्पताल विवाद– सर्वोच्चले दुबै पक्षलाई बोलायो


११ भदौ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले भक्तपुर क्यान्सर अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन गर्नुको कारण १५ दिन भित्र लिखित रुपमा पेस गर्न भक्तपुर नगरपालिकाका नाममा आदेश जारी गरेको छ ।

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले भक्तपुर क्यान्सर अस्पतालमा आफ्नै अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेपछि विवाद उत्पन्न भएको थियो ।

नेपाल अर्वुद रोग निवारण संस्थाद्धारा संचालित भक्तपुर क्यान्सर अस्पतालमा पुरानो व्यवस्थापन समितिले अनियमितता गरेको भन्दै नगर प्रमुख प्रजापतिले नयाँ व्यवस्थापन समिति गठन गरेका थिए ।

नगरप्रमूख प्रजापतिले गैर कानुनी रुपमा अस्पताल व्यवस्थापन समिति गठन गरेको भन्दै पूर्व व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले सर्वोच्वमा मुद्दा दर्ता गरेका थिए ।

श्रेष्ठको रिट निवेदनमा मंगलबार न्यायाधीश तेह बहादुर केसीको एकल इजलासले पुरानो व्यवस्थापन समिति र नयाँ व्यवस्थापन समितिलाई छलफलका लागि बोलाएको छ ।

सर्वोच्चले भक्तपुर क्यान्सर अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन गर्नुको कारण सहित १५ दिन भित्र लिखित जवाफ पेस गर्न भक्तपुर नगरपालिकालाई भनेको छ ।

सर्वोच्चले नयाँ व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका मेयर प्रजापतिलाई भदौ १६ गते उपस्थित हुन सुचना समेत जारी गरेको छ ।

प्रकाशित मिति : ११ भदौ २०७६, बुधबार  ४ : १४ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई