अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ | Khabarhub Khabarhub

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

दाङ– अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ परेका छन् ।

दाङको घोराही उपमहानगरपालिका-१५ भरतपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ३० मिलिग्राम, मोबाइल २ थान र नगद ३१ हजार रूपैयाँसहित दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१८ रझेना बस्ने ३४ वर्षीय अर्जुन बिश्वकर्मा र २५ वर्षीय प्रेम बिश्वकर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको रा.८ प १२५९ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।

मोरङको रतुवामाइ नगरपालिका-२ झुर्कियास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ८ सय १० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट ११ ट्याब्लेटसहित दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुनबर्षी नगरपालिका-२ बस्ने १९ वर्षीय उमेश परियार र रतुवामाई नगरपालिका-८ बस्ने २६ वर्षीय बसन्त राई रहेका छन् । इलाका प्रहरी कार्यालय सिजुवा र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले को.२० प ८४८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङकै रतुवामाइ नगरपालिका-१ हटियाडाँडास्थित सडकबाट नियन्त्रित लागूऔषध बायोस्पास १ सय १ ट्याब्लेट, नाइट्राजेपाम २० ट्याब्लेट र ट्रामानिल १ सय ८ ट्याब्लेट सहित झापा शिवसताक्षी नगरपालिका-८ बस्ने २२ वर्षीय बिबश लिम्बुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सिजुवा र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँकेको बैजनाथ गाउँपालिका-५ जि गाउँ पूर्व लाईनस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित दुई जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका बस्ने २९ वर्षीय करण  शाही र ३० वर्षीय कौशल रावत रहेका छन् । प्रहरी बिट न्यू सिटि र प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

नवलपरासी पश्‍चिमबाट पाल्हीनन्दन गाउँपालिका-३ बेलाशपुरस्थित आँपको बगैचाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५० एम्पुल, फेनारागन ५० एम्पुल र बुप्रेनोर्फिन ५० एम्पुल सहित नवलपरासी रामग्राम नगरपालिका-९ जोकवार बस्ने १९ वर्षीय राज कुमार जैसवाल समेत चार जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  २ : ५५ बजे

इजरायली धम्कीपछि इरानका तेलमन्त्रीद्वारा प्रमुख स्थलको भ्रमण

दमास्कस– इरानको तेल सुविधा जस्ता महत्त्वपूर्ण स्थललाई लक्षित गर्ने सम्भावित

प्रधानमन्त्रीलाई माओवादी केन्द्रले बुझायो ध्यानाकर्षणपत्र

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र) ले बाढी,

खाद्य कम्पनी र खुला बजारमा खसीबोकाको मूल्य उस्तै, च्याङ्ग्रा ८० रुपैयाँ सस्तो

काठमाडौं- सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्वलक्षित गरेर

सेनाले राख्न थाल्यो खुर्कोटको सुनकोशीमा बेलिब्रिज

काठमाडौं– खुर्कोट र रामेछाप जोड्ने बेलिब्रिज निर्माणको काम सुरु भएको