राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति « Khabarhub

राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– जिल्लाको राप्तीसोनारी गाउँपालिकामा गएराति परेको अविरल वर्षाले भित्राउने बेलाको धानबालीमा क्षति पुर्‍याएको छ । यसअघि हावाहुरीले ढालेको धान काटेर भित्राउने योजनामा रहेका किसान गएरातिको वर्षाले क्षति पुर्‍याएपछि चिन्तित बनेका हुन् ।

काटेर भित्राउने बेलाको बाली कहिले हावहुरीले कहिले वर्षाले क्षति गराइरहेको राप्तीसोनारी–३ की बजारी थारुले बताइन् । ‘पानीले भिजेर धान खेतमा जमरा झै उम्रेको छ, अझै पानी आयो भने वर्षभरि खाने अन्न नष्ट हुन्छ’, उनले भनिन् ।

करिब छ कट्ठा जमिनमा लगाएको महेन्द्र छ सय छ जातको धान भिजेको बताउँदै थारुले अहिले घाम देखिन थालेकामा खुशी व्यक्त गरिन् । यस बाहेक गाउँका करिब ११ परिवारको धानबालीमा गएरातिको वर्षाले क्षति पुर्‍याएको उनले जानकारी दिइन् ।

राप्तीसोनारीका किसान रणबहादुर थारुले आफ्नो सबै धानबालीमा वर्षाले क्षति पुगेको बताए। काटेर राखेको करिब १० कट्ठामा लगाएको बाली पानीले भिजाएको उल्लेख गर्दै उनले धान उम्रिने अवस्थामा पुगेको बताए । ‘मौसम सफा भए बाली भित्राउन सकिन्थ्यो कि? घाम नलागे सबै धान जमिनमै नष्ट हुन्छ । वर्षभरि खाने अन्न नष्ट भए के खाने?’, उनले प्रश्न गरे ।

स्थानीय पत्रकार विमला चौधरीले करिब २ घण्टा परेको वर्षाले किसानको धानबालीमा क्षति पुर्‍याएको उल्लेख गर्दै भिजेको धान सबै उम्रन थालेको उल्लेख गरिन् । राप्तीसोनारी–३ का वडाध्यक्ष मिनराज खड्काले वर्षाका कारण काटेर राखिएका र ढलेका धानमा केही क्षति पुगेको बताए।

वडाध्यक्ष खड्काले वडा कार्यालयबाट क्षतिको विवरण सङ्कलन गर्न लागिएको बताए। उनका अनुसार राप्तीसोनारी–३ र ४ का करिब ११ परिवारका किसानको धानबालीमा क्षति भएको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ३ : ०७ बजे

भीरबाट लडेर एक वृद्धाको मृत्यु

बैतडी– स्याउला काट्न गएकी बैतडीकी एक वृद्धाको भिरबाट लडेर मृत्यु

निर्णायक क्षणमा राष्ट्र र आन्दोलनको पक्षमा उभिन शंकर पोखरेलको आह्वान

काठमाडौं – नेकपा (एमाले) का नेता महासचिव पदका उम्मेदवार शंकर

एमाले महाधिवेशनमा मतदानको तयारी, प्रतिनिधि लामबद्ध (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि

सरकारको राजनीतिक र नैतिक वैधतामा प्रश्न

नेपाल आज सामान्य राजनीतिक संक्रमणमा छैन। देश राजनीतिक, संवैधानिक र

पर्चा–पम्प्लेटले अस्तव्यस्त एमाले महाधिवेशनस्थल भृकुटीमण्डप (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ