शेयर बजारमा रौनक, ६ अर्बको कारोबारसहित ५६ अंकले बढ्यो नेप्से  « Khabarhub

शेयर बजारमा रौनक, ६ अर्बको कारोबारसहित ५६ अंकले बढ्यो नेप्से 


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबार शेयर बजारमा पुनः रौनक फर्किएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.०९ अंकले बढेको छ । आज नेप्से २.१५ प्रतिशतले बढेर २६५३.५८ विन्दुमा पुगेको छ ।

आज शेयर बजारमा बेच्नेले मात्र दशैं अगाडि पैसा पाउने दिन भएकाले पनि आज शेयर बजार पनि बढेको छ । आज ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँ बराबरको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता शेयर किनबेच भएको छ ।

आज २१९ वटा कपनीको शेयर मूल्य बढेको छ भने २३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आइतबार प्रि–ओपन सेसनमा झिनो अंकले बढेर सुरु भएको बजार निरन्तर उकालो लगेको थियो । बजार खुलेको केही समय नेप्सेमा रातो देखिएको भए पनि त्यसपछि भने निरन्तर हरियाली नै छाएको थियो । अन्तमा बजार बन्द हुँदा भने नेप्से ५६ अंकले बढ्यो ।

नेप्से बढेसँगै सबै समूहमा पनि हरियाली छाएको छ । आज सबैभन्दा बढी फाइनान्स समूह ६.३० प्रतिशतले बढेर ३ हजार ३५५.२२ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम म्यूचुअल फण्ड समूह ०.१८ प्रतिशतले बढेर २०.६३ विन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक २.२० प्रतिशतले, विकास बैंक समूह २.२२ प्रतिशतले, होटल एण्ड टुरिजम १.७१ प्रतिशतले, हाइड्रोपावर २.७३ प्रतिशतले, लगानी १.९९ प्रतिशतले, जीवन बीमा १.३४ प्रतिशतले, उत्पादन तथा प्रशोधन ३.१२ प्रतिशतले, लघुवित्त १.४७ प्रतिशतले, निर्जीवन बीमा १.४९ प्रतिशतले, अन्य समूह १.६२ प्रतिशतले र ट्रेडिङ समूह ०.९० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ३ : ११ बजे

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी