शेयर बजारमा रौनक, ६ अर्बको कारोबारसहित ५६ अंकले बढ्यो नेप्से  « Khabarhub

शेयर बजारमा रौनक, ६ अर्बको कारोबारसहित ५६ अंकले बढ्यो नेप्से 


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबार शेयर बजारमा पुनः रौनक फर्किएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.०९ अंकले बढेको छ । आज नेप्से २.१५ प्रतिशतले बढेर २६५३.५८ विन्दुमा पुगेको छ ।

आज शेयर बजारमा बेच्नेले मात्र दशैं अगाडि पैसा पाउने दिन भएकाले पनि आज शेयर बजार पनि बढेको छ । आज ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँ बराबरको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता शेयर किनबेच भएको छ ।

आज २१९ वटा कपनीको शेयर मूल्य बढेको छ भने २३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आइतबार प्रि–ओपन सेसनमा झिनो अंकले बढेर सुरु भएको बजार निरन्तर उकालो लगेको थियो । बजार खुलेको केही समय नेप्सेमा रातो देखिएको भए पनि त्यसपछि भने निरन्तर हरियाली नै छाएको थियो । अन्तमा बजार बन्द हुँदा भने नेप्से ५६ अंकले बढ्यो ।

नेप्से बढेसँगै सबै समूहमा पनि हरियाली छाएको छ । आज सबैभन्दा बढी फाइनान्स समूह ६.३० प्रतिशतले बढेर ३ हजार ३५५.२२ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम म्यूचुअल फण्ड समूह ०.१८ प्रतिशतले बढेर २०.६३ विन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक २.२० प्रतिशतले, विकास बैंक समूह २.२२ प्रतिशतले, होटल एण्ड टुरिजम १.७१ प्रतिशतले, हाइड्रोपावर २.७३ प्रतिशतले, लगानी १.९९ प्रतिशतले, जीवन बीमा १.३४ प्रतिशतले, उत्पादन तथा प्रशोधन ३.१२ प्रतिशतले, लघुवित्त १.४७ प्रतिशतले, निर्जीवन बीमा १.४९ प्रतिशतले, अन्य समूह १.६२ प्रतिशतले र ट्रेडिङ समूह ०.९० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ३ : ११ बजे

सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे जनचेतनामूलक कार्यक्रम

काठमाडौं– सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित

महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

धनुषा– जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित

भूमिमन्त्री रावल भोलि झापा जाँदै

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

काठमाडौं– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

राँझा– निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका उपभोक्ता किसानको