पेरुमा नरबली दिइएका २२७ बालबालिकाको सामूहिक चिहान फेला « Khabarhub

पेरुमा नरबली दिइएका २२७ बालबालिकाको सामूहिक चिहान फेला


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिमा– ल्याटिन अमेरिकी मुलुक पेरुमा नरबली दिइएका २२७ जना बालबालिका गाडिएको प्राचिन सामूहिक चिहान फेला परेको छ ।

राजधानी लिमाबाट उत्तरतर्फ रहेको हुआनचाको शहरनजिक ४ देखि १४ वर्ष उमेर समूहका २२७ बालबालिकाको सामूहिक चिहान फेला परेको हो ।

कोलम्बसले अमेरिका पत्ता लगाउनुअघि हालको पेरुमा रहेको चिमू सँस्कृति मान्ने मानिसहरुले देवतालाई खुशी पार्न बालबालिकाको नरबली दिएको ‘लगभग निश्चित’ रहेको पुरातत्वविद्हरुले जनाएका छन् ।

पुरातत्वविदहरुले यो स्थानमा गत वर्षदेखि उत्खननको काम शुरु गरेका थिए । सामूहिक चिहानको यो खोजलाई हालसम्मकै सबैभन्दा ठूलो खोजको रुपमा लिइएको छ । नरबली दिइएका प्रायः सबै बालबालिकाका शरीर समुद्रतर्फ फर्किएको अवस्थामा भेटिएका तथा कतिपयको छाला र कपाल समेत भेटिएको एएफपीले जनाएको छ ।

हुआनचाकोमा प्रागऐतिहासिक कालका अनौठा चालचलनका भग्नावशेष पाइन्छन् । पुरातत्वविदहरुले पहिलो बच्चाको अवशेष पाम्पा ला क्रुज शहरमा सन् २०१८ मा भेटेका थिए । पाम्पा ला क्रुज हुआनचाकिटोबाट नजिकमा पर्दछ । हुआनचाकिटोमा पनि अप्रिल २०१८ मा बली चढाइएका १४० जना बालबालिकाको अवशेष फेला परेको थियो ।

हुआनचाकोमा चिमु सांस्कृतिक कालमा धेरै बालबालिकालाई बली चढाइएको विश्वास गरिन्छ । सन् १४७० मा इन्का साम्राज्यसँग पराजित हुनुअघिसम्म चिमू सँस्कृति ल्याटिन अमेरिकाको पेरु र इक्वेडोरको तटीय क्षेत्रसम्म फैलिएको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ४ : १९ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले