अष्ट्रियाकी विदेशमन्त्री काठमाडौंमा « Khabarhub

अष्ट्रियाकी विदेशमन्त्री काठमाडौंमा


९ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अष्ट्रियाकी विदेश मामिला मन्त्री करिन केनिसिल काठमाडौं आएकी छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा  विदेशमन्त्री करिन बिहीबार नेपाल आएकी हुन्।

नेपाल बसाईका क्रममा विदेशमन्त्री करिनले  द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । त्यस्तै, नेपाल–अष्ट्रिया सहकार्यको ६० वर्ष पुगेको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रमलाई उनले सम्बोधन गर्नेछिन् ।

विदेशमन्त्री करिनले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।

अष्ट्रियाले नेपालका विभिन्न विकास परियोजनाहरू जस्तै जलविद्युत विकास, संस्कृतिक सम्पदाको संरक्षण, खानेपानी तथा पर्यटन जस्ता क्षेत्रमा सहयोग गर्दै आएको छ । विदेश मन्त्री करिनको टोली फागुन ११ गते स्वदेश फर्किने छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहिबार  ४ : १९ बजे

बडीमालिकामा भारी हिमपात : दुई जना पर्यटक सम्पर्कविहीन

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा पुगेका दुई जना

रास्वपा सचिवालय बैठक सुरु, प्रधानमन्त्री साह अनुपस्थित

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक

जलमग्न त्रिवि क्रिकेट मैदान, खेल प्रभावित हुने सम्भावना बढ्यो (तस्बिरहरू) 

काठमाडौँ – निरन्तरको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत

नेपाली आईटी कम्पनीलाई ग्लोबल युनिकर्न बनाइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि

मुगुमा भारी वर्षासँगै हिमपात, जनजीवन कष्टकर बन्दै

मुगु– मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो