‘मिस्टर नेपाली’ मा भुवन केसीको ट्रिपल रोल ! « Khabarhub

‘मिस्टर नेपाली’ मा भुवन केसीको ट्रिपल रोल !


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कार्तिक २९ गतेदेखि प्रदर्शनमा आउने भनिएको फिल्म ‘मिस्टर नेपाली’ मा भुवन केसी तीन फरक भूमिकामा देख्न सकिनेछ । बुधबार फिल्म युनिटले राजधानीमा आयोजना गरेको ‘नाचौँ छम्म छम्म’ बोलको गीत रिलिज कार्यक्रममा भुवनले यसबारेमा खुलासा गरे ।

अभिनेता भुवन केसीले पनि यो फिल्ममा आफू तीन फरक भूमिकामा देखिन लागेको बताए । उनले भने, ‘हो, यो फिल्ममा म फरक–फरक भूमिकामा छु, उत्तिकै उत्साहित पनि छु ।’

फिल्ममा भुवनको जोडी रीमा विश्वकर्मासँग जोडी बाँधेका छन् । फिल्ममा उनले बाबु र छोराको भूमिकामा अभिनय गरेका छन् भने अर्को भूमिकाका बारेमा खुलाइएको छैन ।

बुधबार सार्वजनिक गरिएको गीतको भिडियोमा भुवन केसी र रीमाले बिहे गर्दै गरेको देख्न सकिन्छ ।

देवचुली फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मलाई देव भुसालले निर्देश्न गरेका हुन् भने प्रेमराज दाहालले निर्माण गरेका हुन् । यस्तै फिल्ममा भुवन र रीमाका अलावा सरोज खनाल, विष्णु सापकोटा, नन्दु श्रीवास्तव, कमलमणि नेपाल, रवि डंगोल, कुसुम राउत, साहिल श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ५ : ५८ बजे

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले

ट्रम्प-सी भेटमा एआई प्रतिस्पर्धा मुख्य एजेन्डा

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु

कैलाली– कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी