मेस्सी तत्काल टिममा नफर्किने | Khabarhub Khabarhub

मेस्सी तत्काल टिममा नफर्किने


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ला लिगामा आउँदो शनिबार बार्सिलोनाले ओसासुनासँग खेल्दैछ । तर, नियमित कप्तान लियोनल मेस्सीले उक्त खेल गुमाउँने पक्का भएको छ ।

खुट्टाको गोलिगाँठामा चोट लागेपछि आराम गरिरहेका मेस्सीले अघिल्लो शनिबार भएको रियल बेटिसविरुद्धको खेल पनि गुमाएका थिए ।

उक्त खेलमा बार्सिलोना ५–२ गोल अन्तरले विजयी भएको थियो । मेस्सी अहिले टोलीको फिट्नेश प्रशिक्षकसँगै भएपनि खेलमा भने केही समयपछि मात्रै फर्किने स्पेनिस अङ्ग्रेजी पत्रिका मार्काले उल्लेख गरेको छ ।

बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भने मेस्सीलाई टोलीमा फर्किएको हेर्न हतार गरिरहेका छन् । तर, मेस्सीको पुनरागमन भने लामो अपेक्षाभन्दा ढिलो भइरहेको छ ।

बार्सिलोनाले ओसासुनापछिको अर्को खेल भने भ्यालेन्सियासँग सेप्टेम्बर १४ मा खेल्नेछ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ६ : २२ बजे

जिल्ला समन्वय समिति अछाममा डेढ महिनादेखि तालाबन्दी

अछाम- जिल्ला समन्वय समितिको कार्यालय अछाममा डेढ महिनादेखि तालाबन्दी गरिएको

नेपाली सेनाले मनायो संयुक्त राष्ट्रसङ्घको स्थापना दिवस

काठमाडौं- नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको स्थापना दिवस विशेष कार्यक्रम आयोजना

राष्ट्रपति पौडेल कतारबाट स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट स्वदेश फिर्ता भएका

मुग्लिन-नारायणगढ खण्डमा सुख्खा पहिरो, एकतर्फी सवारी सञ्चालन

काठमाडौं– मुग्लिन-नारायणगढ सडक खण्डको जलवीरे नजिकै नारायणगढतर्फ सुख्खा पहिरो खसेको

ओलीको आरोप- देशलाई छाडा ढंगले चलाउन यो सरकारले संसद् भंग गर्‍यो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई छाडा ढंगले