मेस्सी तत्काल टिममा नफर्किने « Khabarhub

मेस्सी तत्काल टिममा नफर्किने


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ला लिगामा आउँदो शनिबार बार्सिलोनाले ओसासुनासँग खेल्दैछ । तर, नियमित कप्तान लियोनल मेस्सीले उक्त खेल गुमाउँने पक्का भएको छ ।

खुट्टाको गोलिगाँठामा चोट लागेपछि आराम गरिरहेका मेस्सीले अघिल्लो शनिबार भएको रियल बेटिसविरुद्धको खेल पनि गुमाएका थिए ।

उक्त खेलमा बार्सिलोना ५–२ गोल अन्तरले विजयी भएको थियो । मेस्सी अहिले टोलीको फिट्नेश प्रशिक्षकसँगै भएपनि खेलमा भने केही समयपछि मात्रै फर्किने स्पेनिस अङ्ग्रेजी पत्रिका मार्काले उल्लेख गरेको छ ।

बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भने मेस्सीलाई टोलीमा फर्किएको हेर्न हतार गरिरहेका छन् । तर, मेस्सीको पुनरागमन भने लामो अपेक्षाभन्दा ढिलो भइरहेको छ ।

बार्सिलोनाले ओसासुनापछिको अर्को खेल भने भ्यालेन्सियासँग सेप्टेम्बर १४ मा खेल्नेछ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ६ : २२ बजे

रास्वपाको पदाधिकारीमा दलित, जनजाति र मधेसी समुदायको प्रतिनिधित्व शून्य

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व

प्रश्नबाट भाग्दैनौं, रचनात्मक रूपमा सामना गर्छौं : रवि लामिछाने

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले परिस्थितिले

प्रयाङ्क नाममा मधेशी युवकमाथि दुर्व्यवहार, दुई पक्राउ

काठमाडाैं – प्रयाङ्क भिडियो बनाउने बहानामा एक युवकमाथि दुर्व्यवहार गरेको

रवि लामिछानेले लिए रास्वपा सभापतिको सपथ (तस्बिरहरू)

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि