बङ्गलादेशमा बाढीका कारण छ जनाको मृत्यु, लाखौँ प्रभावित | Khabarhub Khabarhub

बङ्गलादेशमा बाढीका कारण छ जनाको मृत्यु, लाखौँ प्रभावित


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

ढाका– भारी वर्षाले निम्त्याएको विनाशकारी बाढीका कारण बङ्गलादेशको उत्तरी मैमनसिंह क्षेत्रमा छ जनाको मृत्यु हुनुका साथै लाखौँ मानिस प्रभावित भएका छन् । 

राष्ट्रिय विपद् प्रतिक्रिया समन्वय केन्द्र (एनडिआरसिसी)का अनुसार मैमनसिंह, शेरपुरनेर्तोकोना गरी तीन जिल्लाका तल्लो क्षेत्रमा बाढी आएको हो ।

केन्द्रको  पछिल्लो तथ्यांकअनुसार सोमबारसम्म बाढीमा चार पुरुष र दुई महिलासहित छ जनाको मृत्यु भएको छ । केन्द्रका अनुसार बाढीले मानव जीवन, भौतिक सम्पत्ति तथा र बालीनालीलाई ठूलो क्षति पुर्याएको छ ।

बाढी प्रभावित जिल्ला शेरपुरमा बाढीको स्थिति केही सुधार भए पनि नेर्तोकोनामैमनसिंहका केही भागमा बाढीको अवस्था बिग्रँदै गएको जनाइएको छ । बाढीको प्रभाव बढ्दै जाँदा जमिनको ठूलो भूभाग डुबानमा परेको छ ।

बङ्गलादेश र यसको वरपरका सीमावर्ती उत्तरपूर्वी भारतीय क्षेत्रहरूमा भारी वर्षापछि अक्टोबर ४ मा सुरु भएको वर्षापछिको बाढीबाट दुई लाख ५० हजारभन्दा बढी मानिस प्रभावित भएका थिए ।

मैमनसिंह डिभिजनका वरिष्ठ अधिकारी ओम्मी सलमा तान्जियाले जिल्लामा समग्र बाढीको अवस्था सुधार भए पनि हजारौँ परिवार अझै पनि आश्रयमा रहेको र शेरपुर सबैभन्दा बढी प्रभावित क्षेत्रको रूपमा देखापरेको बताए।

 उनका अनुसार सीमावर्ती जिल्लाका केही क्षेत्रहरू अझै पनि सडक सञ्जाल प्रभावित हुँदा टाढा–टाढाका प्रभावित क्षेत्रहरूमा राहत पुर्याउन असहज भइरहेको छ ।

बाढी पूर्वानुमान तथा चेतावनी केन्द्रले सोमबार जारी गरेको बाढी बुलेटिनमा स्थानीय जिन्जिराम नदी र सोमेश्वरी नदी खतराको निशानभन्दा माथि बगिरहेको देखाएको छ ।

अधिकारीहरूले उद्धार तथा राहत सामग्री वितरण गर्न र बाढी प्रभावित मानिसहरूले शरण लिएका केन्द्रहरूको निरीक्षण गर्न विपद् प्रतिक्रियाको टोली पठाएका छन् ।

यसअघि अगस्टमा आएको बाढीले बङ्लादेशको पूर्वी क्षेत्रका कृषि, पूर्वाधार र अन्य क्षेत्रहरूमा एक खर्ब ४४ अर्ब २१ करोड टाका क्षति पुर्याएको थियो । दक्षिणपूर्वी बङ्गलादेशमा बाढीबाट कम्तीमा ५६ लाख मानिस प्रभावित भएका छन भने ५२ जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ४ : ४९ बजे

बेलायती राजदूत रोब फेनद्वारा सिप मेलाको अवलोकन 

काठमाडौं– नेपालका लागि संयुक्त राज्य बेलायतका राजदूत रोब फेनले टुँडिखेलमा

पशु ढुवानी मापदण्ड कार्यान्वयन नहुँदा पशुहरुमाथि ज्यादती बढ्दो 

काठमाडौं– नेपाल सरकारले जारी गरेको पशु ढुवानी मापदण्ड कार्यान्वयन नहुँदा

खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

सिन्धुपाल्चोक– जुगल गाउँपालिका-६ हाब्रास्थित बल्कुकुना खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही गाउँपालिका-५

संसद् बिहीबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।  संसद्

महोत्तरीमा घट्दै ट्राफिक कारबाही

महोत्तरी– जिल्लामा ट्राफिक प्रहरीले गर्ने कारबाही क्रमशः घट्दो छ ।