उदयपुरलाई बाढी प्रभावित संकटग्रस्त जिल्ला घोषणा गर्न एमालेको माग « Khabarhub

उदयपुरलाई बाढी प्रभावित संकटग्रस्त जिल्ला घोषणा गर्न एमालेको माग


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल कम्युनिष्ट पाटी एमाले जिल्ला कमिटी उदयपुर  जिल्लालाई बाढी प्रभावित संकटग्रस्त जिल्ला घोषणा गर्न माग गरेको छ । 

एमाले उदयपुरले सदरमुकाम गाईघाटमा  पत्रकार सम्मेलनको आयोजना गरी यही असोज १०, ११ र १२ गते परेको अविरल वर्षाले उदयपुरको धेरै स्थानमा क्षति पुगेकाले संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको हो ।

असोज पहिलो हप्ता परेको अविरल वर्षाको कारण आएको बाढी पहिरोका कारण उदयपुरमा तीन जनाको ज्यान गएको, खानेपानी, सिंचाई, सडक, पुल पुलेसा, कुलो लगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेको उदयपुर एमालेमा अध्यक्ष भागवत राउतले जानकारी दिए ।

उनले बाहिरबाट हेर्दा बाढी पहिरोले शान्त देखिएपनि स्थलगत रुपमा हेर्दा उदयपुरका धेरै स्थानमा क्षति पुगेकाले उदयपुरलाई बाढी पहिरो प्रभावित जिल्लाको सूचीमा राखेर राहत र पुनस्थापनाका कार्यहरू छिटो गर्नु पर्ने बताए ।

राउतले बाढी पहिरोमा परेका पीडित परिवारहरूलाई नेकपा एमालेले राहत उपलब्ध गराउन पहल गरेको र नदी तटीय क्षेत्रमा बसोवास गर्ने पीडित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गर्नुका साथै सरकारलाई अनुरोध गर्ने जानकारी दिए ।

एमाले उदयपुरले जिल्लामा पहिलो पटक बाढी पहिरो पश्चात केन्द्रीय नेता, जिल्ला नेता, सङ्घीय सांसद, प्रदेश सांसदहरूको टोली साथै सिँचाई, खानेपानी, सडक कार्यालयका प्राविधिकहरूको टोली सहित प्रभावित क्षेत्र गएर क्षतिको विवरण संकलन गरेको थियो । 

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ६ : १६ बजे

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट