भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषदप्रति कांग्रेसको आपत्ति « Khabarhub

भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषदप्रति कांग्रेसको आपत्ति


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्स मार्फत मन्त्रिपरिषद् बैठक गर्ने सरकारको कार्यशैलीप्रति गम्भीर विमति जनाएको छ ।

नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा संचारकर्मीसंग कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले प्रविधि प्रयोग गरेर गरिएका कतिपय अभ्यासहरुको गोपनियता भंग हुने गरेको भन्दै मन्त्रिपरिषद् बैठक जस्तो संवेदनशील विषय भिडियो कन्फ्रेन्सबाट गरिनुलाई स्वीकार गर्न नसकिने बताए ।

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी तोकेर पनि सिंगापुरबाट प्रधानमन्त्री केपी शर्मा ओली आफै बैठकमा सहभागी हुनु संवैधानिक र कानूनी प्रक्रियागत रुपमा नै त्रुटीपूर्ण भएको ठहर कांग्रेसले गरेको छ ।

प्रवक्ता शर्माले गोपनियता भंग हुन सक्ने र न्यायपालिका र व्यवस्थापिकामा पनि यस्तै नजिर बस्न सक्ने भन्दै आपत्ति जनाए । उनले मन्त्रिपरिषद् बैठक सञ्चालन कार्यविधि हलुका ढंगले संशोधन गर्ने परिपार्टीले भविष्यमा वेथिति ल्याउने दाबी गरे ।

वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बुधबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक विहिबार अपरान्ह सम्मकालागि स्थगित भएको छ । बैठकमा समयावधि सकिएका भ्रातृसंस्थाहरु र जनसम्पर्क समिति लगायत बारे छलफल हुने कार्यसूची थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ६ : ३५ बजे

धुलिखेल-खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने 

काभ्रेपलाञ्चोक– बर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा

कुवा संरक्षण चारकुनेवासी

तनहुँ– व्यास नगरपालिका–१ स्थित चारकुने गाउँका बासिन्दा सामुदायिक कुवाको संरक्षण

कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’

मान्म– विषादीले मानव स्वास्थ्य र कृषिमा गम्भीर चुनौती थपिएको भन्दै 

झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै

दाङ– स्थानीय तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ सरुवाडाँडा जोड्ने झोलुङ्गे

‘गन्धर्व संस्कृति कर्खा’ सार्वजनिक

गोरखा– दैवीकालदेखि नै गाउने संस्कृतिको विरासत बोकेका गन्धर्व समुदायको संस्कृतिहरू