युनाइटेडले चाहे फर्किन तयार छु : जाल्टन इब्रामोभिच « Khabarhub

युनाइटेडले चाहे फर्किन तयार छु : जाल्टन इब्रामोभिच


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी लिग एलए ग्यालेक्सिका स्ट्राइकर जाल्टन इब्रामोभिचले पूर्व क्लब म्यान्चेस्टर युनाइटेडले चाहेको खण्डमा आफू फर्किन तयार रहेको बताएका छन् ।

एलए ग्यालेक्सिमा उनको सम्झौता आगामी नोभेम्बरमा सकिँदैछ । ३७ बर्षीय स्वडीस खेलाडी इब्रामोभिचले अमेरिकी लिगमा खेलेका ४९ खेलमा ४६ गोल गरेका छन् । उनी सन् २०१८ मा अमेरिका पुगेका थिए ।

‘प्रिमियर लिगमा म सजिलै खेल्न सक्छु । त्यसैले यदि युनाइटेडले मलाई लिन चाहन्छ भने म जान तयार छु’, इब्रामोभिचले भने ।

इब्रामोभिचले सन् २०१६–०१७ मा प्रिमियर लिगको सिजनमा २८ गोल गरेका थिए । २ बर्षको सम्झौता गरेर प्रिमियर लिग क्लब युनाइटेडमा आबद्ध भएका उनी घुँडामा चोट लागेपछि युनाइटेडसँगको सम्झौताबीचैमा छाडेका थिए ।

अहिले उनलाई युनाइटेडले आवद्ध गरेपनि जनवरीसम्म भने खेल्न पाउने छैनन् । युनाइटेडमा रहँदा इब्रामोभिचले लिग कप, कम्युनिटी सिल्ड र युरोपा लिग उचालेका थिए । गएको डिसेम्बरमा उनले यो सिजनका लागि ग्यालेक्सिसँग सम्झौता गरेका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ६ : ३६ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी