पाँच सडकखण्ड अझै अवरुद्ध, आठ खण्डमा एकतर्फी | Khabarhub Khabarhub

पाँच सडकखण्ड अझै अवरुद्ध, आठ खण्डमा एकतर्फी


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच सडकखण्ड अझै खुल्न सकेका छैनन् ।

बाढीपहिरोले अवरुद्ध पारेका चार दर्जनभन्दा बढी सडकखण्ड खुले पनि अझै पाँच वटा सडकखण्ड पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका अनुसार आठ वटा सडकखण्ड भने एकतर्फी खुलाएर यातायात सञ्चालन गरिएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास जारी छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणमा यही ११ गतेदेखि बन्द रहेको काभ्रेपलाञ्चोकको रोशीस्थित बीपी राजमार्गको चारसयबेँसी खण्ड पूर्णरुपमा अवरुद्ध छ ।

सोही राजमार्गको भ्याकुरे, रामेछापको मन्थली नगरपालिका–६ को सेलेघाट, भोटेकोशीको रामेछाप–सिन्धुली–खुरकोट, भोटेकोशीको बाह्रविसे–तातोपानी सडक तथा बझाङको जयपृथ्वी राजमार्गको बालुवाटार खण्ड पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गोदावरीको लेले–टिकाभैरब, तह्रथुमको मध्यपहाडी लोकमार्गको तीनघरे, पाँथर फिदिमस्थित मेची राजमार्गको रमिते, भिमफेदीस्थित कान्ति लोकथप एकतर्फी रुपमा खुलाइएको छ ।

रोशीस्थित बीपी राजमार्गको कालढुङ्गा खण्ड, घुमाउने, हनुमानगढी केराघारी खण्ड र पृथ्वी राजमार्गको बेनीघाट कृष्णभीर खण्ड पनि एकतर्फी खुलाएर यातायात सञ्चालन गराइएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ६ : ४४ बजे

विद्युत् प्राधिकरणले ६ ठूला उद्योगको लाइन काट्यो, थप उद्योगको पनि काट्ने तयारी

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले ६ वटा ठूला उद्योगको लाइन मंगलबार

इलामका बाढी प्रभावितलाई पाकिस्तानी दूतावासको सहयोग

काठमाडौं– नेपालका लागि पाकिस्तानी दूतावासले ‘नेपाल–पाकिस्तान युवा परिषद्’सँगको सहकार्यमा इलामका

निर्वाचनको राजनीतिक वातावरण बनाउन प्रधानमन्त्रीले राजनीतिक दलका नेतासँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय

५३ जना मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख ५८ हजार निकासा

काठमाडौं- जेन-जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चवापत् सरकारले

जापानको सेयर बजारमा उछाल, निक्केई सूचकाङ्क ५० हजार नजिक

बैंकक– एशियाका प्रमुख सेयर बजारहरूमा मंगलबार उल्लेखनीय वृद्धि भएको छ। जापानको