धवलागिरिमा तीन महिनापछि यातायात सञ्चालन | Khabarhub Khabarhub

धवलागिरिमा तीन महिनापछि यातायात सञ्चालन


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाका सडकहरुमा तीन महिनापछि यातायात सञ्चालन हुन थालेका छन् ।

सात वटा वडा रहेको धवलागिरिको गाउँपालिकाको केन्द्र जोड्ने बेनी–दरवाङ–धारापानी– ताकम–मुना बाहेक अन्य सडकहरु बाढी र पहिराका कारण गत असार महिनाको अन्तिम सातादेखि अवरुद्ध भएका थिए ।

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बर्खा रोकिएपछि डोजर परिचालन गरेर पहिरो पन्छाएर सबै सडकमा सहज रुपमा यातायातका साधानको व्यवस्था मिलाएको जानकारी दिए ।

सडकमा सवारी साधन सञ्चालन भएपछि स्थानीयबासीलाई आवतजावतका साथै निर्माण, दैनिक उपभोग्य सामग्री ढुवानी, कृषि तथा पशुजन्य बस्तु बिक्रीका लागि बजार पठाउन सहज भएको धवलागिरि गाउँपालिका–२ लुलाङका वडा अध्यक्ष अकप्रसाद बिकले बताए ।

सडक मर्मत भएपछि यातायात कम्पनीहरुले बस, जिप सञ्चालन गरेका छन् । इन्धनको भाउ घटेकाले भाडादर पनि समायोजन गरिएको छ । लुलाङ, खोरीया, लमजुङ, मुना, फलीयागाउँ, दर, मुदी, नाउरा, खिवाङ, मलम्पार, मल्कवाङ, बुल, मराङ, राम्चे, आरवाङ, ताकम, धारापानी, शिवाङ, मच्छिम, हिलापोखरी काफलडाडाको बस्तिका सडक मर्मत गरिएको हो ।

धवलागिरि गाउँपालिकाको वडा नम्बर –१ गुर्जा बाहेकका वडा र सबैजसो बस्तिहरुमा सडक सुविधा पुगेको छ । धवलागिरि–२ लुलाङदेखि गुर्जा जोड्ने सडक आयोजना निर्माणाधीन रहेको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ११ : ४१ बजे

तीन महिनामा वीरगञ्ज नाकाबाट दुई खर्ब १८ अर्बको सामान आयात

पर्सा– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा दुई

हङ्कङ सिक्सेस क्रिकेट : दक्षिण अफ्रिकासँग नेपाल पराजित

काठमाडौं– हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज प्रदेशसभामा विश्वासको मत

बबई नदीमा पुल निर्माण अलपत्र हुँदा स्थानीयलाई डुङ्गाको भर (तस्बिरहरू) 

बर्दिया– बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका