विश्व कराते च्याम्पियनसिपमा मनिष कार्की र दावा शेर्पा छनोट | Khabarhub Khabarhub

विश्व कराते च्याम्पियनसिपमा मनिष कार्की र दावा शेर्पा छनोट


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं मनिष कार्की र दावा शेर्पा चौथो क्योकुसिन तेजुका विश्व कराते च्याम्पियनसिपका लागि  छनोट भएका छन् ।

नेपाल क्योकुसिन कराते आइकेओ संघले मंगलबार एक दिने छनोट प्रतियोगिता आयोजना गरेको थियो । पुरुष खुला तौलसमूहमा ओखल्ढुङ्गाका मनिष छनोट भए । उनले फाइनलमा ललितपुरका गौरव आचार्यलाई पराजित गरे ।

पुरुष एकल कातामा शीर्ष स्थानमा रहँदै सोलुखुम्बुका दावा शेर्पा छानिए । प्रतियोगिता अर्को वर्षको फेब्रुअरी २२ देखि २५ सम्म जापानमा हुनेछ ।

छनोट प्रतियोगिताको मुख्य जुरीमा दमन बस्नेत, मुख्य रेफ्रीमा प्रमुख प्रशिक्षक रोशन कपाली तथा सहायक रेफ्रीमा नन्दकुमार किराँती, जिनेश डंगोल, धनबहादुर हाङदुङ र प्रवेश किराँती थिए ।

खुला तौलसमूहमा १६ तथा कातामा १४ खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष दमन बस्नेतले जानकारी दिए । 

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  १२ : ४४ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’