बाढीपहिरो प्रभावितलाई भारतले दियो आपतकालीन सामाग्री « Khabarhub

बाढीपहिरो प्रभावितलाई भारतले दियो आपतकालीन सामाग्री


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशमा हालै आएको बाढी र पहिरोबाट प्रभावित परिवारका लागि भारतले आपतकालीन राहत सामग्री सहयोग गरेको छ ।

आपतकालीन सामाग्रीको खेप भारत सरकारका तर्फबाट द्वितीय सचिव नारायण सिंहले सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई हस्तान्तरण गरेका छन् ।

आपतकालीन सामाग्रीमा टारपोलिन, स्लीपिङ्ग ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल सहितको ४.२ टनको सहायता रहेको जनाइएको छ । उक्त मानवीय सहायताको खेप भारतबाट नेपालगन्ज ल्याई पुर्‍याइएको हो । भारत सरकार अन्य अत्यावश्यक सरसफाइ सामाग्री तथा औषधीका साथसाथै अन्य राहत सामाग्रीको पनि व्यवस्था गरिरहेको र छिट्टै आइपुग्ने जनाइएको छ ।

भारतले संकटको बेला पहिलो रेस्पोन्डरको रुपमा सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  १ : ०० बजे

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका