बहुउपयोगी जमरा : शिरफूलदेखि ओखतीसम्म | Khabarhub Khabarhub

बहुउपयोगी जमरा : शिरफूलदेखि ओखतीसम्म


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

निधारमा टीका र शरीरमा पहेँलो जमरालाई दशैंको प्रतीक मानिन्छ । घटस्थापनाको दिन सूर्यको प्रकाश नपर्ने अँध्यारो स्थानमा खोलाबाट ल्याएको शुद्ध माटोमा धान, गहुँ, मकै, जौबाट उमारिएको जमरा दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा थापेर आशीर्वाद लिने परम्परा छ । 

जमराको उपयोगिता दशैंका दिन शिरमा सिउरिन अर्थात कानमा राख्न मात्रै हो भन्ने धेरैको बुझाई छ । दशैंमा जमराको महत्व जति छ, मानव स्वास्थ्यका लागि निकै फाइदाजनक हुने विज्ञहरू बताउँछन् । 

सिंहदरवार वैद्यखानाका उत्पादन अधिकृत तथा प्राकृतिक चिकित्सक डा. विनोद साह भन्छन्– नियमित रुपमा जमराको जुस खानु स्वास्थ्यका लागि लाभदायी मानिन्छ । 

जमरा जुसको फाइदै फाइदा
डा. साहका अनुसार जमराको जुस आयुर्वेदिक औषधी अन्तगर्त पर्दछ । जसबाट एण्टिअक्सिडेन्ट प्राप्त हुन्छ । साथै जमरामा भिटामिन ए, बी, डी र के का साथै आइरन क्याल्सियम र प्रोटिन पनि पाइन्छ । त्यस्तै यसमा पाइने क्लोरोफिलले क्यान्सर लगायत विभिन्न रोगहरूसँग लड्न सक्ने क्षमता बढाउँछ । मुटु समस्या, नसा सम्बन्धी रोगहरूमा पनि धेरै फाइदाजनक छ । 

यसले कोलेस्ट्रोलको मात्रा पनि घटाउँछ । बिहान र बेलुका खाली पेटमा खाँदा क्यान्सर रोगीलाई धेरै फाइदा गर्दछ । उच्च रक्तचाप र मधुमेह भएका बिरामीहरूमा पनि यसले धेरै फाइदा गर्दछ । शरीरको आन्तरिक शुद्धिकरण गर्ने डा. साह बताउँछन् । 

जमरामा शरीरलाई आवश्यक पर्ने खनिज पदार्थ, भिटामिन, प्रोटिन, एमिनोएसिडजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छ । शरीरबाट विषाक्त पदार्थ हटाउन, रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न, दाँत र कपाल स्वस्थ राख्न, पाचन प्रक्रिया सहज बनाउन र रक्तचाप सन्तुलनमा राख्न जमराको जुस लाभदायी मानिन्छ । 

कसरी बनाउने जमराको जुस 
जमरालाई काटेर सफा पानीले धुने र कुटेर जुन हाम्रो घरेलु रुपमा जुस निकाल्ने प्रक्रिया छ, त्यसरी दैनिक रुपमा जुस खान सकिन्छ । एकैपटक धेरै खाने भन्दा पनि बिहान बेलुका १५ देखि २० एमएल खाँदा स्वास्थ्यलाई धेरै फाइदा पुग्ने डा. साह बताउँछन् । 

जमरा अरुबेला पनि बनाउन सकिन्छ । तर दशैंमा अरु नै उद्देश्यले जमरा राखिएको हुन्छ । त्यसलाई किन त्यत्तिकै खेर फाल्ने भन्ने हिसाबमा खाने प्रचलन रहेको पाइन्छ । दशैंमा मात्रै नभएर अन्य समयमा पनि दैनिक रुपमा खाँदा यसले शरीरलाई फाइदा नै गर्ने उनले बताए । 

जमरालाई सुकाएर राख्ने र पछि त्यसको जुस बनाएर खाने पनि प्रचलन छ । तर ताजा जुस खानु नै राम्रो डा. साह बताउँछन् । दशैंको बेलामा मात्रै नभएर अरु बेलामा पनि यो बनाउन सकिने भएकाले सकेसम्म नियमित रुपमा नै जमराको जुस सेवन गर्न उनको सुझाव छ । 

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  १२ : ५६ बजे

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका