बचत कर्ताको निक्षेपमा खेलवाड नगर्न अर्थमन्त्रीको सुझाव « Khabarhub

बचत कर्ताको निक्षेपमा खेलवाड नगर्न अर्थमन्त्रीको सुझाव


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले बचत कर्ताको निक्षेपमा खेलवाड नगर्न राष्ट्रिय बाणिज्य बैंक सचेत गराएका छन् ।

बुधबार राष्ट्रिय बाणिज्य बैंकका १४ वटा शाखाहरुको एकै पटक उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले बैंकले बचत कर्तालाई न्याय दिन निक्षेपमा खेलवाड नगर्न सचेत गराए ।

अर्थमन्त्री खतिवडाले राष्ट्रिय बाणिज्य बैंकको आधार दर सबै बाणिज्य बैंकको तुलनामा कम रहेको प्रति अचम्म मान्दै यसलाई निक्षेप कर्ता माथिको खेलबाड भएको बताए ।

बैकहरुमा आउने तरलताको संकट पनि बचत कर्ताको निक्षेप माथिको अन्यायले गर्दा आउने भएकोले आधार दर बढाएर न्याय गर्न निर्देशन दिए ।  कार्यक्रममा अर्थमन्त्री खतिवडाले बैंकिंग कार्यक्रमहरु संचालन गर्दा समय समयमा मध्यकालीन योजना ल्याएर परिमार्जन गर्न सुझाव दिए ।

बैंक स्वायत्त संस्था भए पनि जिम्मेवारी र जवाफदेहि बन्न पनि अर्थ मन्त्रीले आग्रह गरे। बैंकले गर्ने काम कारबाही बारे संसदमा प्रश्न उठ्दा अर्थमन्त्रीले जवाफ दिनु पर्ने भन्दै राष्ट्रिय बाणिज्य बैंकले आफ्नो स्वयत्ततालाई जिम्मेवारी पुर्वक निर्वाह गर्न आग्रह गरे ।

कार्यक्रममा अर्थ मन्त्री खतिवडाले प्रदेश १मा २ वटा प्रदेश २मा ५ वटा प्रदेश ३मा २ वटा गण्डकी प्रदेशमा ४ वटा प्रदेश ५ मा १ वटा राष्ट्रिय बाणिज्य बैंकका शाखा हरुको उद्घाटन गरेका थिए । शाखा विस्तारसँगै राष्ट्रिय बाणिज्य बैंक मुलुकका सबै ७७ जिल्लामा पुग्ने पहिलो बैंक बनेको छ । थपिएका शाखासहित बैंकको कुल शाखा संख्या २३६ पुगेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ८ : ३२ बजे

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको

‘गरिमालाई न्याय हरेक छोरीको सुरक्षा हो’

न्यायको प्रक्रिया नबिगारौँ, विधि र संविधानभित्रै बसेर गरिमाहरूलाई न्याय दिऔँ

अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

मेलबर्न– अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि

टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते

टोकियो– जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको