भूगोल मात्र होइन, भाषा र संस्कृति अपरिहार्यः उपराष्ट्रपति पुन « Khabarhub

भूगोल मात्र होइन, भाषा र संस्कृति अपरिहार्यः उपराष्ट्रपति पुन


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा आफूलाई बौद्धिक देखाउन अरु भाषाको नक्कल गर्ने क्रम बढिरहेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०१९’ का अवसरमा विहीबार प्रतिष्ठानमा आयोजना गरेको ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव’ को उद्घाटन सत्रमा आफ्नो कुरा अरुलाई बुझाउन प्रविधिको विकास भएकाले अरुको भाषा बोल्नुपर्ने बाध्यता नभएको बताएका हुन् ।

सरकारी विद्यालयमा अङ्ग्रेजी भाषाको प्रयोग बढ्नु दुःखद् भएको औल्याउँदै संस्कृत भाषा विश्वको सबैभन्दा पहिलो लिपिबद्ध भाषा भएको बताए । उनले भाषा र संस्कृतिमा विचलन आउँदा भूगोलले मात्र देशको अस्तित्व कायम राख्न नसक्ने तर्क गरे ।

उनले भाषा संरक्षण र प्रवद्र्धनका लागि एकपछि अर्को पुस्तामा हस्तान्तरण गर्दै जानुपर्नेमा जोड दिए । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानले मातृभाषाको संरक्षण गर्ने उद्देश्यले प्रतिष्ठानले आठ वर्षदेखि मातृभाषाको कविता गोष्ठी गर्दै आएको बताए ।

प्रतिष्ठानका पूर्वउपकुलपति वैरागी काइँलाले नेपालको पहिरन, वाद्ययन्त्र र भूगोल विविध भएकै कारण सुन्दर भएको बताए । शताब्दी पुरुष सत्यमोहन जोशीले बगैँचामा एउटा सेतो फूल मात्रै हुँदा सुन्दर नभए पनि त्यही विभिन्न रङ्गका फूल हुँदा सुन्दरता थपिएजस्तै नेपालमा विभिन्न जाति र तीनका भाषाले देश सुन्दर बनाएको तर्क गरे ।

प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले मातृभाषाको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले वर्षेनी कविता सम्मेलनको आयोजना भइरहेको बताए । प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले भाषिकालाई पनि भाषाका रुपमा राखिएकाले त्यसको व्यवस्थापनका लागि प्रतिष्ठानले छलफल गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ४ : ४८ बजे

मुस्ताङ : हिमाल, संस्कृति र साहसिक पर्यटनको आकर्षक गन्तव्य (तस्बिरहरू)

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङ पछिल्लो समय नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका

सरकारले उद्योगी व्यवसायीलाई थुन्ने सूची बनाएको छैन : अर्थमन्त्री वाग्ले

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई

मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित तीनकुने मिलिजुली स्कुलनजिक आज बिहान

रास्वपाले आफ्ना सांसदलाई आजदेखि संसदीय अभ्यास र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘सक्षम सांसद, सशक्त संसद’

जनकपुरधाममा आज न्यायिक महोत्सव हुँदै 

धनुषा– उच्च अदालत जनकपुरले आज मधेस प्रदेशमा पहिलो पटक न्यायिक