राष्ट्रपति पौडेलले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने  « Khabarhub

राष्ट्रपति पौडेलले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने 


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन् । 

उनले शनिबार दिउँसो ३ः३० देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

विजया दशमीका उपलक्ष्यमा शनिबारै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३ :३० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीकाजमरा लगाइदिने कार्यक्रम रहेको छ । 

राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ देखि ३ : ३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिनेछन् । साथै, सोही समयमा निजामती, जंगी, प्रहरीतर्फका  अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिने कार्यक्रम छ । 

बडा दशैँ २०८१ का अवसरमा विजया दशमीको टीका ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट लगाउने भएका छन् । राष्ट्रपति पौडेलले दाजु डुण्डराजबाट यस वर्षको दशैँको टीका, प्रसाद, जमरा र आर्शिवाद ग्रहण गर्ने भएका छन् ।

सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दशैंको टीका, जमरा र प्रसाद ग्रहण गर्नेछन् । राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बिहान यस वर्षको दशैंको शुभ साइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा ग्रहण गर्नेछन् ।  

सोही अवसरमा राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीकाजमरा लगाइदिने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ६ : ४० बजे

धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण धानखेतीलाई आधुनिक, व्यावसायिक तथा जलवायुमैत्री

उस्तै छ भविष्य खोज्न विदेशिनेको लर्को (तस्बिरहरू)

काठमाडौं– देशमा नयाँ सरकार आए पनि विदेशिने युवाहरूको लर्को उस्तै

बुढानीलकण्ठ विद्यालय प्रकरणमा विद्यालय र अभिभावक संगठनको स्पष्टीकरण, भ्रामक प्रचार नगर्न आग्रह

काठमाडौं– बुढानीलकण्ठ विद्यालयमा विद्यार्थीमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्ने

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी