राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारमाथि कार्यकक्षमै हातपात « Khabarhub

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारमाथि कार्यकक्षमै हातपात


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेललाई कार्यकक्षमा हातपात भएको छ । प्रतिष्ठान रजिष्ट्रार प्याकुरेललाई एकजना व्यक्तिले हातपात गरेर कार्यकक्षबाट निकालेका हुन् ।

रजिष्ट्रार प्याकुरेललाई दिउँसो २ बजे कार्यकक्षमै हातपात भएको प्रतिष्ठानकी उपकुलपति डा संगिता भण्डारीले खबरहबलाई बताइन् ।
उनले नेकपाका सदस्य विवेक श्रेष्ठले रजिष्ट्रारमाथि हातपात गरी कार्यकक्ष बाहिर निकालेको बताएकी छन् ।

‘एउटा राजनीतिक ग्रुप कार्यलयमा आएको थियो, दाङको पत्रकार महासंघको अध्यक्षको नेतृत्वमा आएको टोली पनि थियो, नेकपाको सदस्य विवेक श्रेष्ठले कार्यलयको रजिष्ट्रारमाथि हातपात गर्नुभएको छ,’ प्रतिष्ठानकी उपकुलपति भण्डारीले खबरहबसँग भनिन्, ‘म त्यो समयमा कार्यलयमा थिइन्, उहाँहरु आएर रजिष्ट्रार माथि हातपात गरेर जानुभयो रे ।’

रजिष्ट्रार प्याकुरेल माथि हातपात भएको सिसिटिभी फुटेज समेत रहेको प्रतिष्ठानकी उपकुलपति भण्डारीले बताइन् ।

प्रतिष्ठानका रजिष्ट्रारमाथि हातपात भएसँगै प्रतिष्ठानले दिउँसो ४ बजे हातपात गर्ने श्रेष्ठ विरुद्ध जिल्ला प्रहरी कार्यलय दाङमा किटानी जायरी दिएको उपकुलपति भण्डारीको भनाइ छ ।

उनले भनिन्, ‘नेकपाका सदस्य विवेक श्रेष्ठले रजिष्ट्रार माथि हातपात गरेको सिसिटिभि फुटेज हामीसँग छ । सोही सिसिटिभी फुटेजकै आधारमा हामीले प्रहरीमा श्रेष्ठ विरुद्ध किटानी जायरी दिएका छौं ।’

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ९ : २९ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी