भक्तपुरमा ब्रह्मायणी जात्राको रौनक « Khabarhub

भक्तपुरमा ब्रह्मायणी जात्राको रौनक


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी जात्रा सुरु भएको छ । यो जात्राका लागि रातिदेखिनै हजारौँ दर्शनार्थीको घुइँचो लागेको छ । 

नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा आज नवदुर्गा प्रकट हुने जनविश्वास अनुरूप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ ।

मन्दिरमा नवमीका दिन साँझदेखि नै हजारौँ दर्शनार्थीको घुइँचो लागेको थियो । शुक्रबार साँझ नवदुर्गा मन्दिरबाट महिषासुर दैत्यको प्रतीक खःमेय अर्थात् राँगोलाई जाँड, रक्सी खुवाएर मत्ताएर अबिर दलेर नवदुर्गा देवता घरबाट हजारौँको सङ्ख्यामा दर्शनार्थीले लखेट्दै दत्तात्रय, च्यामासिंहबाट ब्रह्मायणी मन्दिरमा पुर्‍याएर राति बध गरिएको थियो । 

राँगोलाई महिषासुर दैत्यको रुपमा लखेट्दै बध गर्ने परम्परा सयौँ वर्षदेखि भक्तपुरमा चल्दै आएको भक्तपुरका संस्कृतकर्मी कमलनाथ जोशीले जानकारी दिए। 

खःमेयको बधपछि पनि रातभर यस मन्दिरमा हजारौँ दर्शनार्थीको भीडमा जात्रा मनाइएको थियो । विजयादशमीको दिन ब्रम्हायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमि, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नंखेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौँदेखिका भक्तजन आउने गर्दछन् । मन्दिरमा पुजा सामग्रीसहित जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलीसमेत दिने गरिन्छ ।

आजका दिन व्रत बसेकाहरू बिहानै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ दीप (दियो) बालेर घरदेखि मन्दिरसम्म जाने र पूजा गर्ने चलन छ । बालकदेखि बयस्क पुरुषहरू शरीरमा बत्ति बालेर घरबाट मन्दिरसम्म पुग्छन् । कतिपय भने सडकमा सुतेर हात जोड्दै घरबाट मन्दिरसम्म पुग्ने गर्छन् । 

शरीरमा दीप बालेर र हात जोड्दै उनीहरु घरबाट मन्दिरसम्म पुग्छन् । यसो गरेमा मनोकांका पूरा हुने जनविश्वास छ । मन्दिरमा आज दिनभरी नै भव्य मेला लाग्छ ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  १ : ३१ बजे

सुदूरपश्चिमको विजयी यात्रा रोकियो, ओपनरद्वयले अर्धशतक हानेपछि विराटनगरको शानदार जित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सको विजयी

अर्धशतक प्रहार गरेका विराटनगरका दुबै ओपनर आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको पहिलो खेलमा अहिले

रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

राँझा– रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको

भोजपुर कोटमा निःशुल्क स्वास्थ्य शिविर

भोजपुर– जनस्तरसम्म स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–७

यूक्रेन–अमेरिका वार्ता : शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित

एजेन्सी– यूक्रेन र संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले शनिबार मियामीमा लगातार