कालिका मन्दिरमा चार लाख दर्शनार्थीले गरे दर्शन « Khabarhub

कालिका मन्दिरमा चार लाख दर्शनार्थीले गरे दर्शन


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट – यहाँको बागलुङ कालिका मन्दिरमा बडादसैँको अवधिमा चार लाख दर्शनार्थीले दर्शन गरेका छन् । घटस्थापनादेखि नवरात्रसम्म चार लाख दर्शनार्थीले दर्शन तथा पूजाअर्चना गरेको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । 

पछिल्लो समय कालिका मन्दिरको प्रचारसँगै दसैँमा घुम्न निस्कने धार्मिक पर्यटकहरूले कालिका मन्दिरको दर्शन गरेका हुन् । गत चैते दसैँदेखि यस मन्दिरमा आउने दर्शनार्थीको सङ्ख्या अभिलेख गर्न थालिएको छ । कालिका मन्दिरमा दसैँ र चैते दसैँमा बढी दर्शनार्थीहरू आउने गरेका छन् । 

बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार मुस्ताङ भ्रमणका लागि हिँडेका स्वदेशी तथा विदेशी पर्यटकसमेत कालिका मन्दिरमा आउन थालेपछी दर्शनार्थीको सङ्ख्यामा वृद्धि भएको हो ।

मन्दिरमा बलि दिने परम्परा बिस्तारै घटे पनि नरिवल चढाउने र दान गर्ने परम्परा बढेको छ । तीन सय वर्ष पुरानो कालिका मन्दिर स्थापना भएपछि नियमित पूजा भए पनि पछिल्लो समय थपिएका पूर्वाधार, प्रचारप्रसार र चुस्त व्यवस्थापनका कारण दर्शनार्थीको सङ्ख्या बढेको हो । 

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ३ : २२ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण