नेपाली सेनालाई स्वर्ण पदक | Khabarhub Khabarhub

नेपाली सेनालाई स्वर्ण पदक


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ।

संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ गतेदेखि २५ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

संयुक्त अधिराज्य बेलायतसहित ३७ राष्ट्रका एक सय २१ अन्तर्राष्ट्रिय टोलीको त्यस अभ्यासमा सहभागिता थियो। सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको त्यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको छ।

दुई दिनभित्र हतियारसहित करिब ५० पाउण्ड तौल बराबरका बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरीको अभ्यासमा सहभागी टोलीले गरेको लडाइँ तयारी, खबर सङ्कलन तथा घाइते–बिरामीको व्यवस्थापनलगायतका दक्षता परीक्षणका आधारमा मूल्याङकन हुने निर्देशनालयले जनाएको छ।

नेपाली सेनाले सन् २०१७ र २०१९ मा समेत त्यस प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेको थियो। यस वर्ष प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा उपरथी दीपककुमार बानिया सम्मानित अतिथिका रुपमा सहभागी थिए।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ५ : ४८ बजे

अर्जुनधारा जलेश्वरधाममा महायज्ञ सुरु

झापा– पूर्वको पशुपतिनाथको नामले प्रसिद्ध अर्जुनधारा जलेश्वरधाममा ४३औँ वार्षिक अनुष्ठानका

विद्यार्थी तथा कर्मचारीलाई मतदाता परिचयपत्र दर्ता विद्यालयमै सुरु

काठमाडौं– मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एम्आइटी) ले मतदाता परिचयपत्र दर्ता

चीनको औद्योगिक उत्पादन अक्टोबरमा ४.९ प्रतिशतले वृद्धि

बेइजिङ– चीनको आधिकारिक तथ्याङ्कअनुसार औद्योगिक उत्पादन अक्टोबरमा वार्षिक आधारमा ४.९

सुदूरपश्चिममा हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन कार्यक्रम

अत्तरिया– सुदूरपश्चिम प्रदेशमा हलगोरु पालन गर्ने कृषकलाई प्रोत्साहन कार्यक्रम सञ्चालन

चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले रोबोटिक सर्जरी सेवा