बङ्गलादेशमा डेङ्गु सङ्क्रमण उच्च, मृत्यु हुनेको सङ्ख्या २१० पुग्यो | Khabarhub Khabarhub

बङ्गलादेशमा डेङ्गु सङ्क्रमण उच्च, मृत्यु हुनेको सङ्ख्या २१० पुग्यो


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशमा डेङ्गु सङ्क्रमणबाट थप नौ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ । जुन यस वर्षको सबैभन्दा उच्च दैनिक मृत्युदर हो । जनवरीदेखि  हाल सम्म डेङ्गु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २१० पुगेको जनाइएको छ  ।

सेप्टेम्बरमा ८० जनाको मृत्यु भएको तथा चालु महिनामा हालसम्म ४७ जनाको मृत्यु भइसकेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले जनाएको छ ।

 डीजीएचएसका अनुसार गत २४ घण्टामा डेङ्गुको ९१५ वटा नयाँ सङ्क्रमण पुष्टि भएको  छ भने यस महिनाको कुल सङ्क्रमण सङ्ख्या दश हजार ८७२ पुगेको छ ।

यस वर्ष अहिलेसम्म ४१ हजार ८१०  डेङ्गुका घटना दर्ता गरेको डीजीएचएसले जनाएको छ भने  थप फैलावट रोक्न, बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टे नियन्त्रण अपरेसनहरू सञ्चालन गर्ने जनाएका छन् । 

बङ्गलादेशमा सन् २०२३ मा डेङ्गु सङ्क्रमणबाट एक हजार ७०५ जनाको मृत्यु भएको थियो, जुन अहिलेसम्मको सबैभन्दा उच्च वार्षिक मृत्यु सङ्ख्या हो ।

डेङ्गु ज्वरो सङ्क्रमित एडिसजातको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । डेङ्गु लागेको बिरामीहरूमा टाउको दुख्ने, उच्च ज्वरो आउने,  मांसपेशी र जोर्नी दुख्ने, बान्ता हुने जस्ता लक्षणहरू देखा पर्छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  २ : ४१ बजे

आश्रम निर्माणका लागि एकै दिन ५५ लाख रुपैयाँ सङ्कलन

बागलुङ– मानव सेवा आश्रम बागलुङ शाखाको भवन मिर्नाणका लागि आयोजना

स‌खुवासभा भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण

सङ्खुवासभा– संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र

हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थानान्तरण

मुस्ताङ– एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै

हङकङ सिक्सेस : यूएईले नेपाललाई दियो १३० रनको चुनौती

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा यूएईले नेपाललाई १३०

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल