ब्राउन सुगरसहित ३ पक्राउ, सरकारी छाप कीर्ते गर्ने प्रहरी नियन्त्रणमा « Khabarhub

ब्राउन सुगरसहित ३ पक्राउ, सरकारी छाप कीर्ते गर्ने प्रहरी नियन्त्रणमा


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको मेचीनगरबाट ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मेचीनगर–६ भन्सारगेट अगाडिबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बुधबार मोरङ बेलबारी–३ का २४ वर्षीय सन्तोष खड्का र सोही स्थानका १९ वर्षीय सोमन लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट लागुऔषध ब्राउन सुगर एक ग्राम १०० मिलिग्राम बरामद गरेको छ । त्यस्तै, प्रहरीले बिहीबार नै मेचीनगर–७ स्थित गैरीगाँउबाट पाँच ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङ बेलबारी–३ का १९ वर्षीय सुरज खवासलाई उक्त परिमाणको ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको छ ।

सरकारी छाप कीर्ते गर्ने तीन वर्षपछि पक्राउ

सरकारी छाप कीर्ते गरी कैद र जरिवाना तोकिएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । तीन वर्षअघि सरकारी छाप कीर्ते मुद्दामा जिल्ला अदालतबाट एक वर्ष कैद र रु ५० हजार जरिवाना तोकिएका भद्रपुर–७ का कमिचन राजवंशीलाई प्रहरीले बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए ।

सरकारी छाप कीर्ते गरेको अभियोगमा जिल्ला अदालत झापाले राजवंशीलाई विसं २०७३ चैत २२ गते एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ७ : ३९ बजे

म्याग्दीको बिम गाउँमा पक्की पदमार्ग

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँको पदमार्गलाई पक्की

हुम्लामा पहिरोले घर गोठ बगायो

हुम्ला – हुम्लाको चंखेली गाउँपालिका–५ मा भीषण असिनापानीपछि आएको पहिरोले

सशस्त्रका डीआईजी अञ्जनी पोखरेल एआईजीमा बढुवा सिफारिस

काठमाडौँ– सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेलको

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

धौलागिरि अस्पतालमा पहिलो पटक सर्पदंशको उपचार

बागलुङ– धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा सर्पदंशका बिरामीको सफल उपचार गरिएको