जलेश्वरमा दुर्गा मूर्ति विसर्जन | Khabarhub Khabarhub

जलेश्वरमा दुर्गा मूर्ति विसर्जन


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जलेश्वर बडादसैँको अवसरमा यहाँको जलेश्वर नगरपालिका–२ स्थित दुर्गा चोकमा पूजाका लागि बनाइएको दुर्गा भवानीको मूर्ति आज बरुण सरोवरमा विसर्जन गरिएको छ ।

दुर्गा भवानीको प्रतिमाका साथै पूजाका लागि निर्माण गरिएको भगवान शिव, गणेश, कात्तिक, मातालक्ष्मी र माता सरस्वतीको प्रतिमालाई बरुण सरोवरमा सेलाइएको पूजा समितिका अध्यक्ष शिवचन्द्र चौधरीले जानकारी दिए। 

दुर्गा चोकबाट छुट्टाछुट्टै ट्याक्टरमा राखी सबै मूर्तिलाई बुद्धीजीवीचोक, जिरोमाइल चोक, अस्पतालचोक, साहुजीपट्टी, नगरपालिका चोक, शंकरचोक हुँदै नगर परिक्रमा गरी  बरुण सरोवर पुर्‍याएर सेलाइएको हो ।

दुर्गा मूर्ति विसर्जनका क्रममा हुनसक्ने मानवीय क्षतिलाई मध्यनजर गर्दै रणभीम गणका नेपाली सेनाको सहयोगमा पानीमा सेलाइएको अध्यक्ष चौधरीले जानकारी दिए। 

बडादसैँको दश दिनसम्म पूजाअर्चना गरिएको मातादुर्गा भवानीसहित सबै देवीदेवतालाई आज बिहान पुनः पण्डित ललित झा र पूजाकर्ता रामजीवन साहले विशेष पूजाअर्चना गर्दै दुर्गा पूजा विसर्जन गरेका थिए ।  

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ५ : ०७ बजे

युक्रेनलाई अमेरिकाले शक्तिशाली हतियार सहयोग गर्ने

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो देशमार्फत युक्रेनलाई एकदमै

मंगलबार लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार ३१ गते मंगलबार। साउन

आज २०८२ साल असार ३१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३१ गते मंगलबार। साउन

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।