खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गरिने « Khabarhub

खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गरिने


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण बाढीपहिरो, डुबानजस्ता विपद्बाट खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गर्ने तयारी भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ ।

विपद्का कारण बाटो बिग्रिएको, पहिरोले पानीको मुहानसम्म पुग्न नसकिएको लगायतका कारण क्षतिबारे तत्काल अध्ययन गर्न असहज भएको केयुकेयलका प्रवक्ता प्रकाशकुमार राईले बताए। 

प्रवक्ता राईका अनुसार बाटो मर्मत भएपछि अध्ययन गरिनेछ । ‘पहिरोको कारण अधिकांश स्थानमा खानेपानीको मुहान पुरिएकाले समस्या भएको छ ।

वर्षाका कारण फर्पिङ हेन्ड पोष्टदेखि फर्पिङ पम्पहाउससम्म आउने ‘पेनस्टक पाइप’ र ललितपुरको नल्लुबाट चापागाउँ पानीपोखरीसम्म आउने पाइपमा धेरै क्षति पुगेकाले विशेषगरी ललितपुरमा पानीको समस्या छ,’ उनले भने, ‘धेरै ठाउँमा खानेपानीको स्रोत पुरिएको छ, मर्मतका लागि जाने बाटो छैन त्यसैले आयोजना मर्मतका लागि समय लाग्छ ।’

उनका अनुसार ललितपुरको खुमलटार क्षेत्रमा भने सुन्दरीजलको पानी ल्याएर वितरण भइरहेको छ । राईले भने, ‘आयोजना मर्मतका लागि हामी सङ्घीय सरकारसँग पनि समन्वय गरेर अगाडि बढ्ने छौँ ।’

खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले खानेपानीको व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न आयोजना मर्मत तत्काल सुरु गर्न अनुरोध गरे । 

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ३ : ४२ बजे

सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष वानमिङबीच शिष्टाचार भेट

काठमाडाैँ – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग चिनियाँ जनसंघ (चाइनिज

एनपीएल इलिमिनेटर : टस जितेर काठमाण्डुविरुद्ध सुरुमा ब्याटिङ गर्दै चितवन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको इलिमिनेटरमा चितवन

इनम प्रकरण – अनुसन्धानलाई प्रभाव पार्ने सामग्री प्रकाशन नगर्न प्रहरीको आग्रह

काठमाडौँ – जिल्ला प्रहरी परिसर काठमाडौँले इनम सापकोटा समेत रहेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

बराह सहकारी ठगीका मुख्य योजनाकार विश्वकर्मा पक्राउ

काठमाडाैँ – गृहमन्त्री सुधन गुरुङले ५ अर्ब ८८ करोड रुपैयाँभन्दा